Pages

Thursday, September 20, 2012


लघु कथा -हाम्रो नेता 

एउटा गाउमा उहिले एउटा नामुद गफाडी थियो .उ स्वयम लाइ थाहा थियो कि उसले भनेको कसैले पनि पत्याउदैन भनेर तैपनि मौका जहिले पनि कहिँ न कहिँ केहि बोल्ने मौका को खोजीमा हुन्थ्यो .
बुढा हरु लाइ भेट्यो म पनि तपाइँ हरु जस्तै पाको हुन् पाए कति खुशी हुन्थे भन्थ्यो .
पधेरामा पुगेर आइमाई सित भन्थ्यो म पनि अर्को जुनी मा आइमाई भएर जन्मनु पाउ भनि भगवान सित प्राथना गर्ने गरेको छु भन्थ्यो .
गाउका फटाहा तोरी लाउरे हरु लाइ भेट्यो भने भन्थ्यो बाबु हो "यहि हो खाको लाको पाको "हुने उमेर न डराओ म छु तिमि हरु को साथ मा ..
त्यसै गरि एक दिन को कुरो हो गाउको चिया खाने चौतारी को पसल मा केहि साहित्य सित सम्बन्धित  मानिस चिया  पाउरोटी  पुस्टकारी खादै गफ गर्दै थिए 
 गाउको त्यो गफाडी पनि आई पुग्यो .ताई न तुइ हात मा लाग्यो दुइ भने जस्तो गफ निकाल्न थालि हाल्यो .
उ स्वयम ले भन थाल्यो गफ पनि के गर्नु हो गाउले हो तिमि हरु सित जति सद्धे कुरो गरे पनि तिमि हरु ले पत्याउने होइनौ .
रामे .सुन्दर हरि हत्के बिर्खे  हरु अग्रज साहित्यकार र उनि हरु को कृति को बारेमा छलफल गर्दै थिए उनि हरुले ले हास्दै एकै स्वर मा भने पत्याउने हुने कुरो गर न हामि  पत्याई हाल्छौँ नि !
उसले अफ्नो बारेमा अनेक कुरो गर्यो आफ्नो गुण अनि खुबी को बारेमा भन्यो म यस्तो म उस्तो आदि आदि गाउले हरुले  निर्बिबाद उसको कुरो सुनी रहे  .देश विदेश को अनेक खबर भन्यो अन्त मा भन्यो त्यति मात्र हो र म त् साहित्य प्रेमी पनि त् हु नि तिमि हरुले मलाइ चिनेका नै छैनौ .
मैले आज मात्र कस्तो खतरा कविता लेखेको छु .
ए हो र कहिले सुनाएको भए पो त् थाहा पाउनु त् गाउले हरु ले  उसको कुरो मा सहि थापे .
बिर्खेले भन्यो सुनाउ न त् तिम्रो कविता हामी पनि सुनौ !
उसले भन्यो सुनाउ त् ?
सबै ले एक स्वर मा भने सुनाउ सुनाउ 
उसले सुरु गर्यो उहु उह औशिको रात टह टह जुन ........बाँकी के बोल्न आटेको थियो .
वरिपरी बसेर सुन्ने हरु खित  .....खित...... खित........... खित .....खुत्........खुत् ...........खुत्  उहूऊऊऊऊऊम ..... उहूउ  .....हा  ...हा.... हा..... हा  हि.... हि .हि...... हि     गर्न थाले 
बिर्खेको  को चिया सर्केर  राम प्रसाद को सेतो कमिज भरी पर्यो उता हर्केको मुख बाट उछिट्टिएको चियो को  सर्कोले  हरि को कमिज को बेहाल बनाइ दियो .अर्को को जिउ भरि ...कसैको पाउरोटी मुख बाट उछिट्टिएर    अर्को को गाला  मा अर्को को भर्खरै मुखमा हालेको  पुस्टकारी फुत्केर शिबे को ज्वारी कोट को बगलीमा ....एक ले अर्को को मुख हेर्दै हास्दै गर्दा हाशोले झन उग्र रुप लियो .कसैको आखा बाट आशु झार्न थाले कसैको नाक बाट सिंगान त् कसैको मुख बाट अनियन्त्रित थुक को छिट्टा फुत्तुत्तु निस्कियो .
सबै पेट मिच्दै उफ उफ गर्दै यता उतिः हल्लिन थाले लाग्थ्यो त्यहाँ १५ रेक्टर को महा भूकम्प नै आएको छ .
न त् गफाडीले उसको कविता  बाचन अगाडी बढाउन सक्यो  न त् अरु कसैले अरु अगाडी के छ भन्न त्  भनेर सोध्न  नै सके 
 उ रातो मुख लगाएर सुइकुच्चा ठोक्यो .
यता गाउले हरु पनि औशी को रात टह  टह   जुन भन्दै   हास्दै बाटो लागे .
समय बित्दै गयो ,को कहाँ पुगे को के भए !
गाउले  लाइ देख्दा उ गफाडी  कर्के आखा ले हेर्थ्यो .सम्भब भए बाटो काटेर अर्कै तर्फ बाट हिड्न थालेको थियो .
अहिले त् उ हाम्रो गाउको मुखिया भएको छ रे 
कस्तो होला अब त्यो गाउ अहिले भनेर विदेश बाट एउटा ले सोधेको थियो .
बिर्खे ले भनि दियो उही त् हो औशी को रात टह टह जुन ......झिंगापुर्  माथि सिंगापुर को खोल ..
खित खित खित ........खुत् खुत् खुत्     हि .... हि..... हि...... हा..... हा.... हा .....
(साभार नेपालीपोस्ट डट कम SEPT1 7 2012)


Saturday, September 15, 2012


धर्म र जात को कारण मानब मानब बिच बिभेद गर्ने /गराउने बिरुद्ध अभियान चलाउ !
हिन्दु  परिवार मा हुरी बढी ३ बर्ष बाइबल को अध्ययन (जापान र अस्ट्रेलिया को चर्च मा )र कुरान को अध्योपांत अध्ययन गरि सके पछी मेरो निचोड यो हो "जात भनेको मानब समाज को विकास क्रम संगै पुर्ख्यौली निरन्तरता र परिचय दिलाउने नियमित विशेषण मात्र हो ,
धर्म भनेको तत्कालिन समाज ले जुन बेला राजनीतक बाद ,बिधान ,शेना प्रहरी प्रशासन ,जेल केहि थिएन र मानिस लाइ नैतिक वान अनुशासित मर्यादित बनाउन राम्रो काम गरे धर्म वा स्वर्ग न राम्रो काम गरे पाप वा नर्क जस्तो परिभाषा को लागि  आ आफ्नो योग्यता अनुसार परिकल्पना गरेको मिठो राम्रो कथा मात्र हो  र त्यहि कथा लाइ बलियो बनाउन बिभिन्न स्वरुप वा आकार को परिकल्पना गरियो अनि अकाट्य र अपरिबर्तानिय बनाउदै लगियो . हिन्दु धर्म शास्त्र बाइबल कुरान मानब बिकास क्रम को लाखौ बर्ष पछी  मात्र लेखिएका हुन् 
तसर्थ यो ब्रमाण्ड मा एउटा मात्र त्यो भगवान वा इस्वर वा सृस्टिकर्ता मात्र एक हुन् जो अदृश्य र निराकार छ.बाँकी सब भ्रम वा झुठ को पुलिन्दा मात्र हो .
एक पल सोच्नोस भगवान फरक हुन्थे भने फरक कम्पनि ले फरक कार बनाए झैँ आफ्नो अस्तित्व लागि पनि त् फरक मानिस वा जिब जन्तु बनाउथे होलान नि होइन र ?फरक रंग को रगत हुन्थ्यो होला ?मुख माथि आखा तल पारेर फरक पार्थे होलान वा टाउको मा मुटु र छाती भित्र दिमाग राखेर फरक बनाउथे होलान ?
तसर्थ मानबिय मुल्य्य र मान्यता "को मर्म लाइ व्यवहार मा उतारौ "सभ्य शान्त र सम्मुन्नत समाज को निर्माण गर्न मानब मानब बिच को बिभेद अन्त गरौ .
जय होस्  

Thursday, September 13, 2012

चियर्स साथी हो

चियर्स चिर्यस चिर्यस
चियर्स साथी हो
हिजो के भो भोलि के हुन्छ
बिर्शौ फ्याकौ सबै  मन को तितो
लौ आऊ गरौ चियर्स साथी हो !
===================
कर्कलो पानि  यो जिन्दगानी
 फेरी फेरी फर्केर आउदैन
तेरो र मेरो भाग बन्डाखेल
कहिल्यै सकिन्न
के थियो र हाम्रो के पो लैजाने
बिर्षेर सबै हात समाई झुमौ नाचौ
लौ आऊ गरौ चियर्स साथी हो
=====================
दुख सुख हासो रोदन
भ्रम हो क्षणभर को
को मेरो को पराइ
साथ हुन्न सधै को
बिर्षेर सबै ब्यथा जीवन को
अंकमाल गरौ हासौ गाउ
लो आऊ गरौ चियर्स साथी हो
-- 

Sunday, September 9, 2012


उखडे बाल बिखडा जीवन 

पहले जब वो चुल्ठी बनाती थि 
उसका मन बधा हुवा करता था 
अपना घर हि संसार समझ्ती थि वो 
जब वो चिल्लाता था 
वह चुपचाप आशु पिकर सहलेती थि 
फिर उसका मन मे दया उभर आता था 
धिरेसे पास जाकर प्यार  किया करता  था उसे 
फिर हल्के मुस्कान से स्वागत करती थि ओ भी 
तब घर घर ना होकर एक मन्दिर हुवा करता था 
कितना खुस थे लोग वह  था एक जमाना 
अब हावा ने अपनी सुर्ख बदलि, बदलगया जमाना 
सुरु हो गया जब से 
उसका बाल हावा मे लहराना 
जब वो चिल्लाता हे 
उसने  भी पैर के खुन शर तक लाके सुरु करदी  चिल्लाना 
फिर बच्चे छोड्के इन्हे  हो गए घर से  दूर दूर रवाना 
अब घर तों यैसा हो गया 
लगता है वह  तों बनगया  झ्यालखाना 
वकिल खुब हस पडा जब दोनो ने दिया  खजाना 
दोनो रोने लगे एक दुसरेको कोसते कोसते 
हे  उपर वाले ए क्या आगया जमाना ?

Saturday, September 8, 2012


सक्ने भए  बोल्न अचानो यो 
बगाउदै आशु कति पीडा पोख्थ्यो होला !
सुनेर गीत सायद पीडा दिने निर्दयी पनि 
धुरु धुरु रुन्थ्यो होला 
चोटैचोट ले खिएको उसको जीवन गाथा 
कुन भाखा मा  दाजै उसले  सुनाउथ्यो होला ?
पीडा  दिएर हास्ने  निर्दयी लाइ पनि 
चस्केको मन को बह सुनाइ हिड्थ्यो होला 
कसले बुझ्छ उसको पीडा कठै 
उ त् रोइ बस्छ एकान्त मा सधै सधै 
जाओस पनि कहाँ बरा 
ठोकिएको  छ छाती मा  
saansaarik kartabyr jimaa जन्जिर र किला ! 

Tuesday, September 4, 2012

नेपाल प्रहरीमा ब्यापक चिरफारको आबस्यकता

देशको स्थायी सरकार प्रशासनिक संयन्त्रमध्य एक संबेदनशिल र महत्वपूर्ण अंग प्रहरी बिभाग बिगत दुइ दशकदेखि राजनीतक दल हरु को कोप भाजनको शिकार को कारण प्रहरी को धर्म र मर्म को अबमुल्यन गर्दै राजनैतिक दल र नेता को कुर्शी र आहारा ब्यबस्थापन गर्ने दलाल हरु को बिभाग को रुपमा परिणत गराइएको छ भन्नु अत्युक्ति नहोला .नेपाल प्रहरी प्रशासनलाइ  नेता हरु को हनुमान बनाउने  अक्षम्य काम को सुरुवात गराउने श्रेय  तत्कालिन प्रधानमन्त्री स्व,गिरिजा प्रसाद कोइराला, गृह मन्त्रि शेर बहादुर देउवा र नायब प्रहरी प्रमुख मोति लाल बोहोरा मा जान्छ .अहिले को कसलाई प्रहरी प्रमुख बनाउने भन्ने लज्जास्पद विवाद अनिर्णित अवस्था र कोलाहल र जग हसाउने कार्य पछिल्लो परिणाम मात्र हो । यहाँ को ठिक को बेठिक ? प्रधानमन्त्री बलियो कि निरिह ? गृह मन्त्रि कति बलियो ? वा कसले कसलाई कत्रो झोला बुझायो ? त्यो ठुलो  र नया कुरो होइन बिडम्बना त् के भने देश मा आमुल परिबर्तन लेराउछु नया नेपाल बनाउछु भनेर बिसौ हज्जार नागरिक को लास माथि चढेर सत्ता मा पुगेको सरकार को यो लाक्षिपन ,नालायकी पो बिडम्बनापूर्ण भयो त् ? खोइ त् परिबर्तन ? खोइ त् सुशासनको नमुना ?.यस्तो खेल को सुरुवात् गराउने अन्य दल मुख मा पट्टि बाधेर तमासा हेरेर बस्नु को कारण पनि यहि हो किन कि यस्तो प्रकरण को घिन लाग्दो बिजारोपण गर्ने तत्कालिन कांग्रेस र एमाले नै हुन् र भोलि पनि मौका पाए गर्ने छन् ।

कुनै बेला नेपाल प्रहरी मा यस्ता पनि अधिकृतहरु अनि प्रमुख थिए जसलाई भेट्न मन्त्रीले समय माग्नु पर्थ्यो (स्मरण रहोस कानुनी राज भएको देश मा यस्तै नै नियम छ ।), कुनै   नाम चलेको अपराधीलाइ  पक्रेर  थुन्दा  त्यस लाइ ठोक् थुनी दिनु कसैले सोधे कसैको फोन आए  मेरो आदेश ले  थुनेको भन्नु ! भन्थे आफु अन्तर्गत का कर्मचारीको जिम्मा लिएर उच्च मनोबल राख्न प्रोत्साहन गर्थे इमान्दारिता का कुरो गर्ने हो कैयौ डी आई जी हरु समेत डेरा मै जीवन बिताएका दर्जनौ उदाहरण छन् । हिजो राजभक्ति र इमान्दारिता प्रमुख आधार थियो अनि नीति नियम बिधि बिधान अन्तर्गत हुन्थ्यो .तर अहिले त् जसले धेरै घुष खान्छ र नेता लाइ खुवाउछ उ मात्र योग्य भै अगाडी पढ्ने प्रवृति ले प्रसय पाएको छ भन्नु पर्दा दुख लाग्दछ .स्मरण रहोस एउटा सुन प्रकरण को काण्ड मा कालु मनांगे को भान्जा जसले राजा को मामा शुसिल शमशेर को छोरि बिहे गरेका थिए यो पंतिकारले शुसिल को को छोरी लाइ अनुसन्धान को क्रम मा  सोधपुछ को लागि हनुमान ढोका पुर्याउदा तत्कालिन अधिराज कुमार धिरेन्द्रबाट आई जी हेम बहादुर सिंह अनि डी आई जी रण बहादुर चन्द हुदै के कारण र कसको आदेशले पक्राउ गरेको भनि तत्काल सोध हुदा उनै खरेल थिए जसले भने मेरो आदेश ले पक्रेको हो । जब कि  अभियुक्त लाइ  मैले हनुमान ढोका पुर्याउदा सम्म खरेल लाइ  खबर थिएन । पहिलेको प्रहरी त्यति बलियो हुन्थ्यो अहिले त् ज्यानमारालाइ समेत समात्दैन ।
नेपाल प्रहरीमा  अहिले ठुलो पदमा मात्र होइन सानो भन्दा सानो  पदमा पनि नियुक्ति बढुवा र सरुवा गर्दा कसले ठुलो झोला बोकेर आउछ कसले निर्बाचनमा लठैतहरुको संरक्षण रव्यवस्था  गर्न  गर्छ त्यसै योग्यता को आधारमा हुने अघोषित नीति नै बनि सकेको छ । बहुदलीय व्यवस्था पस्चात केहि पदलोलुप भ्रस्ट प्रहरी अधिकारि कै कारण राजनीतक हस्तक्षेप भएको हो र अहिले अतिसार देखिएको मात्र हो  प्रहरी अधिकृत हरु "गुण्ड "झैँ नागरिक लाइ सताएर असुली गर्छन र संकलित झोला नेता को ढोका मा पुर्याउन प्रतिष्पर्धामा लागेका छन् । शान्ति सुरक्षा अपराध अनुसन्धान भन्दा अपराधी को सुरक्षा र संरक्षणमा नै आफ्नो भाग्य र भबिस्य बन्ने तितो यथार्त स्विकार्ने अबस्थामा पुगेका छन् .नेपाल प्रहरी मा राजनैतिक हथौडा चलाउदा यस्तो  दिन पनि देख्नु पर्ने छ भनेर सोच्ने क्षमता भै दिएको भए सायद तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला स्वयम को अधक्षामा गठित प्रशासनिक सुधार सुझाब आयोग ले समेत तत्कालको लागि शेना र प्रहरी को संरचना मा  परिबर्तन नगर्ने भनि थन्क्याएको फाइल लाइ ब्युताएर  गृह मन्त्रि शेर बहादुर देउवा र मोतिलाल बोहोरा ले प्रहरी प्रमुख रत्न शमशेर ज ब रालाइ राजाको नातेदार को आरोप लगाई उनलाई सुइँको समेत नदिएर  रातौ रात नियमावली परिबर्तन गरि बर्खास्त गरे स्मरण रहोस यो निर्णय गरेको पुर्जी मध्यरात मा रत्न शमशेर को घर मा बुझाउन पठाएर  भोलि देखि नै कार्यालय जान निषेध गर्ने निर्णय गर्दैनथे होलान । अर्को पिडादायक कुरो के थियो भने रत्न शमशेर ले दुइ हफ्ता पछी आई जी कै हैसियत मा छोरा को बिहे को निम्तो समेत बाडेका थिए .यसरि कायरता पुर्बक निर्णय गर्न गराउन लगाई नेपाल प्रहरी मा राजनैतिक हस्तक्षेप भित्र्याउने प्रहरी आफै थिए । त्यस पछी दुइ ए आई जी को पदस्थापना गरियो नंग  र मासु जस्तो मिल्ने अच्युत खरेल र धुर्ब प्रधानलाइ कांग्रेस र एमाले मा विभक्त पारियो । खरेलले ससद खरिद बिक्रिको मौसममा कांग्रेसको निर्देशन मा एक दर्जन ससदलाइ अपहरणको सैलीमा बैंकक पुर्याएर कांग्रेसलाइ खुसि पारे । एमाले आयो एक महिना पनि बित्न न पाई हुत्याइ दियो फेरी कांग्रेस आयो सत्ता मा धुर्ब लाइ हुत्याइ दियो .यी दुवै आई जी माफिया को झोला बोक्ने र नेता लाइ खुसि पार्न ज्यान छोडेर लागे स्मरण रहोस खरेल यस्तो प्रहरी हुन् जो डी आई जी हुदा सम्म एक नम्बर को इमान्दार र प्रहरी को कर्तब्य प्रति जस्तै परे पनि लड्ने मानिस थिए राजनैतिक रंग ले अन्तिम समय मा माफिया को झोला बोक्न बाध्य भए .बिभाग मा चरम गुट बन्धी ले प्रसय पायो एक समुह ले अर्को समुह लाइ यसरि खेद्न थाल्यो कि माओबादी आन्दोलन को समय थियो अर्को समुह को प्रहरी लाइ खेद्ने  होडबाजी मा हज्जारौ प्रहरी हरु जागिर छोड्न समेत बाध्य बनाइए .देश को एक मात्र अन्त रास्ट्रीय बिमानस्थल मा माफिया को लागि "लाइन "मिलाइयो यो कार्य मा खरेल र प्रधान ले हदै सम्म को सहयोगी भूमिका निभाएका थिए .यो गुट र फुट को खेल मा दुइ होनाहार प्रहरी राजेन्द्र बहादुर सिंह र कुमार कोइराला लाइ सहिद बनाइयो र भ्रस्ट लाइ अगाडी लेराइयो जसको प्रतिफल सुडान काण्ड थियो ।
नेपाल प्रहरी 'शान्ति सुरक्षा ,अपराध नियन्त्र र अनुसन्धान को लागि होइन बल्की नेता हरुले किनेका ,पालेका सरकारी तलब भत्ता र सुबिधा भोग्ने अर्को शब्द मा सरकारी "डन"याने गुण्डा को रुपमा परिणत गराइएको छ । यहाँ खुल्लम खुल्ला कुन प्रहरीले कहाँ कति उठायो कुन नेता लाइ कुन उदेश्य ले कति बुझायो भन्ने कुरो समाचार पत्र को पन्नामा मात्रै सिमित हुन् थाल्यो । सबै राजनीतक दल को एउटै प्रवृति र दाउ को कारण सबै चुप चाप हुन्छन .सुडान काण्ड जस्तो मुद्धामा समेत कुनै दल बोलेंन किन कि प्रहरी त् बदनाम मात्र भएको हो  दामासाहीले हात हात चिल्लो पार्ने त् सबै दल हुन् जुन घाम जस्तै छर्लंगै छ । नागरिक को सुरक्षा को लागि स्थापित यो संगठन नागरिक को नजर बाट आफ्नो साख निरन्तर गिराइ  रहेको छ .नागरिक हरु प्रहरी मा उजुरी गर्न जानु भन्दा गुण्डा "डन "को मा जानु उचित ठान्न थालेका छन् । गुण्डाले पैसा लिन्छ र काम पनि गर्छ तर प्रहरी पैसा लिन्छ अनि नाम चलेको गुण्डा भए डराउछ । अदालतले अपराधी घोषित गरेका लाइ समेत सेलुट ठोक्ने र न पक्रने  प्रहरी को यो दुरावस्था र निरीहता को लागि आलोचना गर्ने  कुनै त्यस्तो तल्लो स्तर को  शब्द छैन .राजनैतिक हस्तक्षेप को अर्को घृणित पाटो पनि छ त्यो हो पैसा खाएर भारतीय नक्कली प्रमाणपत्र बोकेका लाइ अनियमित तरिकाले नियुक्ति दिलाउने .यो कुबेर राना को समुह पछी को अर्को एक समुह बाहेक तेस्रो समुह देखि अपबाद बाहेक प्राय नक्कली प्रमाणपत्र धारी छन् यहि नेता र यस्तै प्रहरी हुदा अब को प्रहरी झन प्रहरी न भएर "लुट को अखडा नै बन्ने मा शंका छैन ।
 .नेपाल प्रहरीलाइ देशको शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्तो संबेदनशिल बिषयको लागि स्थापना गरिएको हो नेता को झोला बोकेर ढोका ढोका मा कुद्ने प्रहरी भर्ना गर्न होइन भनेर स्विकार्ने हो भने अहिले देखिएको लज्जास्पद चलखेल र विवाद हुनु नितान्त गलत हो .यसरि खुल्लमखुल्ला नीति नियम बिधान लाइ लत्याउदै गैर्ह प्रशासनिक तरिकाले व्यक्तिको इच्छा वा रुची को प्रहरी प्रमुख नियुक्ति गर्न खोज्ने दुस्साहस आपत्तिजनक हो .नियुक्ति सरुवा बढुवा सम्बन्धित बिभाग को नीति नियम ऐन अन्तर्गत भएको छ छैन हेर्ने  गृह अनि कार्यकारिणी प्रमुख अर्थात् प्रधानमन्त्री को काम हो ..नीति नियम र आम नागरिक को चासो लाइ राज्य ले नै धज्जी उडाउछ भने नागरिक सित के सरकार ले अपेक्षा राख्ने ?यस्तो लाग्दछ  नेपाल प्रहरी जनता को शान्ति सुरक्षा र अपराध अनुसन्धान एबम नियन्त्रण को लागि होइन सत्तासिन  दल वा नेता को घर को नोकर छनौट जस्तो संकीर्ण घेरामा राख्ने प्रयास हुदैछ .यस्तो पनि देखियो नेपाल को इतिहास मा  यो समय गृह मन्त्रि प्रधानमन्त्री भन्दा शक्तिशाली छन् । यहाँ जसले प्रमुख भेट्टाए पनि मूल कुरो अनियमित चलखेल र भ्रस्टाचारको दुर्गन्ध फैलिएकोछ । यस्तै निम्न स्तर को राज्य व्यवस्था को लागि भएको थियो क्रान्ति ? स्पस्ट देखिएको छ नेपाल प्रहरी माथि को यस्तो नांगो हस्तक्षेप "अख्तियार दुरुपयोग "को चरम रुप हो र अर्को स्पस्ट छ अनियमित खेल भएको छ .नीति नियम मिचेर निर्णय गर्दा पिडित सर्बोच्च को ढोका मा पुग्दा फेरी अर्को खेल दोहोरिन्छ भन्ने तर्फ पनि कसैले सोचेको देखिएन ।
 अहिले को प्रहरी प्रमुख नियुक्ति प्रकरण को सन्दर्भमा भन्नु पर्दा प्रधानमन्त्री भनेको राज्य ले निर्धारण गरेको नीति नियम बिधि बिधान अनुसार प्रशासनिक संयन्त्र नियमित सुचारु रुपले संचालन भएको छ कि छैन हेर्ने र ब्यबस्थापन गर्न जिम्मेवारी र अधिकार प्राप्त पद हो नीति सम्मत गर्न सक्दैनन भने कुर्सी मा बस्नु त् सो पद कै अबमुल्यन गर्नु हो र यसले गलत नजिर समेत बन्न जान्छ भन्ने तर्फ सम्बन्धित पक्ष सचेत देखिदैन .गृह मन्त्रि को  बेइमानी पूर्ण हठ र प्रधानमन्त्री को आफ्नो अधिकार र  जिम्मेवारी प्रतिको उदासिनता वा असक्षमता ले बिधि को शासन को आशा राख्ने नागरिक लाइ चिन्तित बनाएको छ ।
सरकार अस्थायी हो राज्य संयन्त्र स्थायी हो तसर्थ यो स्थायी सरकार लाइ देश र जनता प्रति निडर इमान्दार कर्मठ अनि निष्पक्ष भएर काम गर्न प्रोत्साहित गर्नु उचित हुन्छ .अन्यथा यो संगठन अनुशासनहिनता ,कर्ताब्यबिमुख ,अनियमितता र भ्रस्टाचारको अखाडा को आरोप बाट माथि उठ्न सक्ने अवस्था छैन .नेपाल प्रहरी मा राजनैतिक हस्तक्षेप रोक्न राजनैतिक दल हरुको असल सोच अनि नियत, बिबेक र प्रतिबद्धता ले मात्र सफल हुन् सकिन्छ .नेपाल प्रहरी मा भित्रिएको बिकृति र राजनैतिक चलखेल नियन्त्रण गर्न अझै पनि राजेन्द्र बहादुर शिंह, कुमार कोइराला जस्तो योग्य र सक्षम, दक्ष, उच्च मनोबल भएका पुर्ब अधिकारि लाइ २/४ बर्ष को लागि निर्देशक बनाएर नेपाल प्रहरी लाइ ब्यबसायिक धर्म र मर्म अनुसार को बाटो मा पुनर्स्थापित गर्ने  जिम्मेवारी दिनु उचित हुन्छ ।


म त् खरानी भै नै सकेको छु अझै जलाएर
 हिरा खोज्ने कोसिस नगरे जाति हुन्थ्यो !

आशु सबै  रित्याई सकेको छु अझै पीडा थपेर 
 आशु  मेरो झार्ने कोसिस  नगरे जाति हुन्थ्यो 

कति दिन कति साझ ,कति बर्षा कति धुप 
आए गए कसले हिसाब राख्छ 
कति पाइला अगाडी कति पाइला पछाडी हिडे 
त्यो हिसाब पनि त् ब्यर्थ नै झै  लाग्छ 
कति साथी भेट्टिए कति छुट्टीए 
आउदा जादा बाटो मा कसले सम्झना राख्छ ?