Pages

Friday, August 31, 2012

खुल्यो खुल्यो प्रधानमन्त्री को भर्ना खुल्यो

बिस्वको १७ औं पुरानो र आफ्नै  बिशिष्ठ मौलिकता बोकेको देश नेपाल को लागि म र मेरो भन्दा माथि हाम्रो लागि काम गर्ने एक सक्षम योग्य प्रधानमन्त्री को आबस्यकता परेको हुदा तल उल्लेखित काम गर्न सक्ने शर्तमा अनुभबी दुरदर्शी अनि पाको स्वभाबको व्यवहार गर्न सक्ने ,जनता माथि बोझ बन्ने होइन सम्पूर्ण जनता को बोझ आफ्नो काधमा लिन सक्ने ,क्षमता र साहस भएको ,जात भात र बाद भन्दा उठ्न सक्ने ,नेपाल र नेपाली को हित भन्दा एक इन्च पनि दाया  बाया गर्नु परे कुर्सी छोडेर राजनीति बाट नै सन्यास लिने निर्णय गर्न सक्ने ,व्यक्ति लाइ यथासिघ्र नेपाल को प्रधानमन्त्री पदमा बहाल  गराई हाल्नु पर्ने भएको ले  नेपाली जनता को अदालत बाट यो बिशेष भर्ना को  जरुरि सूचना आम नेपाली जनता जो स्वदेश विदेश जहाँ छन् उनि हरु समक्ष निबेदन हाल्न को लागि प्रकाशित गरिएको छ .

बिगत ६२ बर्ष देखि बारम्बार जति प्रयास गरे पनि  एउटा सक्षम प्रधानमन्त्री  देश ले पाउन नसकेको हुदा अहिले यसरि सार्बजनिक सूचना द्वारा  प्रतिष्पर्धा मार्फत एक कुसल प्रधानमन्त्री नियुक्ति गर्नु  पर्ने आबस्यकता नेपाली  जनता लाइ महसुस भएको ले यो अन्तिम पटक सूचना प्रकाशित गरिएको छ निवेदक यो भन्दा अगाडी प्रधानमन्त्री लगायत मन्त्रि सासद वा सभासद पद मा नरहेको वा न उठेको हुनु पर्नेछ .जेल न गएको तर जेल सुधार को आबस्यकता महशुस भएको भने  हुनु पर्ने छ .नेपाल वा बिस्व को कुनै पनि भाग मा रहनु हुने नेपाली ले निबेदन दिन सक्नु हुनेछ ..निबेदन दस्तुर निसुल्क भए पनि उल्लेखित शर्त पुरा गर्न नसके खाएको तलब  राजस्वमा  फिर्ता गर्नु पर्ने छ अन्यथा जनता लाइ झुठो आस्वाशन दिएको आरोप मा  १० बर्ष जेल सजाय भोग्नु पर्ने छ .प्रधानमन्त्री को रुपमा जनता को निम्न माग अनुसार तत्काल काम सुरु गरि हाल्नु पर्ने छ .
नव नियुक्त जनता को  प्रधानमन्त्री को मुख्य काम हरु यस प्रकार हुने छन् ,
एक -हामीले मस्तिमा स्वयम र देश लाइ नस्ट गर्यौ .त्यसैले अब अर्को दश बर्ष वा देश युरोपीय स्तर मा न पुगुन्जेल सबै प्रकार को मदिरा र सुर्ती जन्य पदार्थ आयात मा प्रतिबन्ध लगाई बिदेशी मुद्र को संचिति पशुपालन मा लगानी गर्ने र बार्षिक सय अरब को हाराहारी मा आयात भै राखेको पशुजन्य बस्तु पनि आयात मा प्रतिबन्ध गरि स्वदेश मा उत्पादन गर्ने गराउने नीति लागु पर्ने छ .
दुइ -खुला सिमाना को कारण अपराध ,तस्करी, मात्र होइन न बोलाइएका पाहुना हरु को असिमित आगमन रोक्न अन्तरास्ट्रिय कुटनैतिक पहल गरि दक्षिण तर्फ को पुर्ब पश्चिम सिमाना मा तत्काल पर्खाल लगाउन सुरु गर्ने ,समय साक्षेप परिबर्तन र क्रम भंगता को निरन्तरता को लागि दुइ देश को बिच आवत जावत गर्न अनिबार्य राहदानी को नीति लागु गर्न सक्ने 
तिन -स्वाधीन देश को अस्तित्व र यसको बिशिष्ठ मौलिक सस्कृति बचाई राख्न अनि बिदेशी हस्तक्षेप रोक्न कुटनैतिक नियोग का कर्मचारी संख्या मा नियन्त्रण गरि अन्तरास्ट्रिय सस्था वा परियोजनाका प्रमुख बाहेक अन्य सबै बिदेशी लाइ एक महिना भित्र नेपाल छोड्ने आदेश दिन सक्ने यो आदेश कमसेकम अर्को ५ बर्ष सम को लागि हुनु पर्ने छ .
चार -कार्यालय समय मा सेवा ग्राही लाइ बाधा असुबिधा पुग्ने गरि भै राखेका सभा सम्मेलन ,उद्घाटन ,बिमोचन को कार्यक्रम लाइ अब देखि कार्यालय समय भन्दा अगाडी वा पछाडी वा बिदाको दिन मात्र गर्ने निर्णय गर्न सक्ने 
५ -भ्रस्टाचारी को आरोप आउने बित्तिकै निलम्बन र नजर बन्ध गरे पछी मात्रै अनुसन्धान सुरु गर्ने नियम बनाउन सक्ने 
६ -सरकारी वा बित्तिय सस्था को भोज  भेल र सम्मेलन "पी पदार्थ (रक्सि )सेवन बन्द गर्नु पर्ने नियम बनाई लागु गर्न सक्ने 
७ -सरकार को चिन्ता हमेशा नागरिक को सुख सुबिधा मा हुनु पर्छ तसर्थ अन्य अत्याबस्यक बस्तु को साथै नागरिकता ,राहदानी जस्ता अत्याबस्यक र नागरिक को अधिकार को कागज पत्र लाइ स्थानीय गा बि स स्थल मै उपलब्ध गराउने व्यवस्था तत्काल गर्न सक्ने 
८ -बार्षिक अरबौ रुपिया को पशुजन्य उत्पादन आयात भै रास्ट्रीय ढुकुटी रित्तिएको अवस्था लाइ महसुस गरि स्वदेशमै सहकारी रुपमा पशुपालन ब्यबसाय लाइ बढावा दिन ५ बर्ष सम्म निर्ब्याजी वा न्युनतम ब्याज दरमा ऋण उपलब्ध गराउने निर्णय गर्न सक्ने 
९ -जन संख्या वा भौगोलिकता को आधारमा नेपाल मा ९ देखि ११ मन्त्रालय भन्दा बढी को आबस्यकता छैन भनि निर्णय गर्न सक्ने र "शक्ति विकेन्द्रीकरण एबम जिम्मेवारीमुलक प्रशासनयन्त्र निर्माण गर्न सक्ने 
१० - काठमांडौ लाइ "देश को सचिवालय केन्द्र "को रुपमा मात्र सिमित गरि थप स्कुल कलेज अस्पताल आबास एबम उद्योग लाइ उपत्यका बाहिर स्थापित गर्ने निर्णय तत्काल गर्नु पर्ने छ .
११ -भोलि बाट कुनै पनि बिभाग वा कार्यालय को प्रमुख बाहेक अन्य कर्मचारी लाइ राम्रो काम गरुन्जेल एउटा कार्यालय मा राख्ने र खराब काम गर्ने लाइ बर्खास्त गर्ने नीति लागु गरि (जुन अन्य बिकसित मुलुक मा छ स्मरण रहोस एउटा कर्मचारी एउटै स्थान को कार्यालय मा पदोन्नती हुदै त्यहि बाट अबकास लिन्छन )खराब गर्दा सरुवा गर्ने अर्थात  पुरस्कार दिए जस्तो हुने अहिलेको कु  नीति रोक्न सक्ने 
१२ -केन्द्र मा राष्ट्रिय पहिचान हुने र स्थानीय स्तर मा त्यहि को पहिचान हुने पोशाक लगाउन  अनिबार्य गर्न सक्ने 
१३ -मित्र राष्ट्र सित अनुरोध गरि कम्तिमा ५ वटा उत्तर दक्षिण सिमा छुने र अर्को दुइ वटा  पुर्ब पश्चिम छुने एक  पहाडी  र अर्को  समथर हुदै जाने  आकासे सडक बनाउन निर्णय गर्ने सोच भएको 
१४ -असन्तोष पोख्ने अधिकार को सुरक्षा गर्दै कुनै पनि बन्द हडताल सम्बन्धित कार्यालय वा बिभाग मा मात्र सिमित रहेर गर्ने र आफ्नो स्वार्थ पुरा गराउन अरु असम्बन्धित जनता लाइ असुविधामा पार्ने असभ्य अविवेकी प्रवृति को अन्त गर्ने निर्णय गर्न सक्ने 
१५ -अर्को दश बर्ष सम्म अत्याबस्यक बाहेक सबै प्रकार र स्तर को विदेश भ्रमण रोक्ने अनि सरकारी वा आयोजना को लागि नया सवारी साधन आयात गर्ने वा खरिद गर्ने काम रोक्न सक्ने 
१६ -बिशिष्ठ धार्मिक गुरु हरु बिध्वान र समाज सुधारक हरु को एउटा समिति बनाइ बनाएर हाम्रो आस्थामा देखिएको केहि अव्यबहारिक र केहि बिकृति लाइ परिमार्जित गर्ने अनि सम्पूर्ण ग्रन्थ लाइ एउटै पुस्तक को रुपमा परिस्कृत गरि समय सापेक्ष सुधार गर्न सक्ने 
१७ - सनातन देखि को मालिक र नोकर को झझल्को दिने हाम्रो समाज मा बिध्यमान हजुर तपाइँ तिमि र त् जस्तो सम्बोधन गर्ने प्रथा लाइ अन्त गरि अब देखि  सबैले सबै लाइ 'तिमि 'भनि सम्बोधन गर्नु पर्ने निर्णय गर्न सक्ने 
१८ -शेना र प्रहरी बाहेक ले को सानो को ठुलो ?पद वा व्यक्ति को ठुलो होइन "समान मानबिय मूल्य र मान्यता "को मर्म लाइ सम्बोधन गर्न जसले पहिले अर्को लाइ देख्छ उसले नमस्ते अथार्त अभिबादन गर्नु पर्छ भन्ने बिबेकिय काम गर्न लगाउन सक्ने 
१९ -हामि पनि कोइ भन्दा   कम छैनौ हामि हाम्रो देश बनाउन सक्छौ "इमान्दारिता ,धर्यता ,नैतिकता ,प्रतिबदता ,लगनशीलता "आर्जन गर्न राष्ट्र प्रतिको  जिम्मेवारी बोध गर्ने नागरिक उत्पादन गर्न  "CIVIC SENSE ACT "बनाएर लागु गर्न सक्ने  जसले गर्दा प्रत्यक नेपाली ले "मेरो कारण ले आज अरु कसैले दुख ,असुबिधा ,अशान्ति ,घाटा नोक्सान व्यहोर्नु नपरोस "भन्ने भावना बिकास होस् ,
२० -कमसे कम अर्को दश बर्ष बिशेष आर्थिक मितव्ययिता को कार्यक्रम लेराएर देश मा नेता र प्रशासक ले गरि राखेका फजुल अनि अनुत्पादक भ्रमण रोक्ने ,भोज रोक्ने र अन्य सरकारी व्यय नियन्त्रण गर्न सक्ने हुनु पर्छ .

यी शर्त हरु पुरा गर्न सक्छु भन्ने कुनै पनि नेपाली ले स्वदेश वा विदेश बाट दरखास्त हाल्न सक्नु हुन्छ .जनताको अदालत बाट छनौट भए पछी टुडिखेलमा मा जनता सामु खुल्ला सपथ खानु पर्ने छ .


Saturday, August 25, 2012

यात्रा यो जिन्दगि को कस्तो कस्तो

यात्रा यो जिन्दगि को कस्तो कस्तो 
भोकाएकाको   गास जस्तो हो कि ?
बगर को  बालुवा जस्तो !

हर पल  टुटी जाने सपना  हो कि ? 
घाम संगै टपकी जाने शित जस्तो 
यहाँ बाच्ने  हरु नै अन्योल मा छन् हेर 
सुख को सागर  हो कि आशुको भेल ? 
यो जिन्दगिको यात्रा  कस्तो कस्तो ?

स्वतन्त्र   भै उड्ने बादल हो कि 
साझँ नपर्दै ओइलाई जाने फुल हो ?
कोइ लाइ लम्ब्याउने रहर यहाँ 
लोई लाइ व्यर्थै लाग्ने  जीवन यहाँ 
फुल हो कि काडा बुझ्नै  गार्हो 
यात्रा यो  जिन्दगि  को  कस्तो कस्तो ?
समुन्द्रको मन्थन हो कि 
मरुभूमि को उँट जस्तो 
बाचुन्जेल दुख पिडा मरे पछी हाइ सन्चो 
तर्ने आखा हरु पनि रसाउने 
यो जिन्दगि को रित कस्तो कस्तो 
यात्रा यो जिन्दगी को कस्तो कस्तो ?



Friday, August 24, 2012

भाग्य छ भने

भाग्य छ भने 
जीवनमा 
एउटा साथी त्यस्तो मिलोस 
चिन्तित देख्दा नजिक बसी 
मुस्कुराउदै कारण सोधोस 

एउटा साथी त्यस्तो मिलोस 
सुस्ताउदा यो तन मन 
साझ बिहान माया गर्दै उर्जा भरोस 

एउटा साथी त्यस्तो मिलोस 
मान्छे हो गल्ति हुन्छ भनि 
सम्झाउदै माफ  गरोस 

एउटा साथी त्यस्तो मिलोस 
हिउ होस् कि चर्को धुप 
साहस  थप्दै संगै हिडोस 

एउटा साथी त्यस्तो मिलोस 
कुनै दिन खुसि मिल्दा 
हात समाई नाच्ने गरोस 

एउटा साथी त्यस्तो मिलोस 
यात्रा हो यो दुख पर्दा 
अंगालोमा बाधि आशु पुछोस 

एउटा साथी त्यस्तो मिलोस 
दोबाटोमा बाटो भुल्दा साथै रहि
धर्यता को आधार  बनोस 

एउटा साथी त्यस्तो मिलोस 
थाहा छैन भोलि कहाँ  के हुन्छ 
आज भने शितल छर्ने झरना बनोस 

भाग्य छ  भने
एउटा साथी  त्यस्तो मिलोस !!!!!!!!!!!!!!!!!!!
एउटा जीवन काडा होइन 
मगमगाउने फुल बनोस 
--
Shekhar Dhungel (शेखर ढुंगेल)

Thursday, August 23, 2012

धन्य छौ भगवान तिमि 
आभारी छु तिमि प्रति 
तिमीले
हासो  नदिएर के भयो त् 
पेट भरि रुने आशु त् दियौ 
सुख नदिएर के भयो 
पीडा सहने शक्ति त् दियौ 

--
Shekhar Dhungel (शेखर ढुंगेल)



स्मरण -ति दिन हरु (घिउ नपचेको त्यो जन्त )

वर्तमान भन्ने समय सधै जोसिलो घमण्डी हुन्छ र त्यहि नै सत्य पनि रहेको हुन्छ .त्यसैले कतिपय मानिस आफ्नो बिगत लाइ सम्झन वा बताउन चाहदैनन .हो समय नै एउटा त्यस्तो तत्व हो जो अगाडी बाहेक पछाडी हट्न जान्दैन .मृत्यु रोकिएला केहीबेर आधि तुफान रोकिएला केहि पल तर यो समय रोकिदैन .र जीवन नदि झैँ अविरल बगी रहन्छ नया नया अनुभब बटुल्दै समस्या झेल्दै संघर्ष गर्दै अनि एकदिन नदि समुन्द्रमा बिलिन भए झैँ मानिस को समय पुग्छ  खरानी भएर धर्तीमा बिलाउछ .जीवन को एउटा  सत्य के हो भने मानिस कतिपय बिगत का कुरा वा आफुले गरेका गल्ति लाइ देखाउन चाहदैन वा भन्न चाहदैन र आफु लाइ वर्तमान अवस्था अनुसार नै चिनुन जानुन र सोहि अनुरुप व्यवहार गरुन भन्ने चाहन्छ जुन तत्काल को लागि सत्य पनि हुन् सक्छ .तर जब उ एकान्त मा हुन्छ संसार लाइ जति ढांटे झुक्याए पनि आफ्नो आत्मा लाइ कहिले पनि ढाँटन सक्दैन .मलाइ एक पटक जापान मा हुदा (१९९२ )एक जना मित्र ले त्यहि कोठामा बस्ने अर्को मित्र लाइ हानेको व्यंग बाण सधै झस्काई रहन्छ .आखिर नांगै आई नांगै जाने यो संसार को रित नै त् हो .अनि हाम्रो जस्तो सानो र पारिवारिक संजालमा झेलिएको समाज मा मेची को राम प्रसाद  होस् कि महाकाली स्याम प्रसाद को तिन देखि सात पुस्ते इतिहास पारदर्शी गर्ने र गर्न सक्ने गरि चासो राख्ने समाज मा बिगत  ढाटेर वा आडम्बर देखाएर आफु लाइ वर्तमान को शेर भन्न खोज्नु को कुनै तुक छैन भन्ने मान्यता राख्छु म .तर सत्य बोल्ने भनेर जे पनि बोल्नु पर्छ वा भन्नु पर्छ भन्ने पनि होइन .दर्शन शास्त्री चाणक्य ले भनेका छन् 'श्रीमतीको रुप र व्यवहार  ,सम्पति आंकलन र आफुले अरु बाट पाएको अपमान "यी तिन कुरो को बारेमा सधै मौन रहनु ".घर समाज मा सार्बजनिक भै सकेका वा सबै ले थाहा पाएका कुरो लाइ मात्र आफुले लुकाउने वा ढाट्ने उदेश्यको अर्थ छैन .अ साच्ची म मित्र को कुरो  गर्दै थिए नि ?अर्को मित्र ले भनेछन मेरो यत्रो ठुलो घर छ जग्गा  यो छ त्यो छ के के के के रे नि ?अनि उ बाहिर गएको बेला मा कोठामा भएका मित्र यसरिले  कुरो काटे  हेर्नुस न शेखर जी "यो बुट्टामा  आची गरेर घास ले पुछ्नेको छोरा ले मलाइ काठमाण्डौं मेरो यस्तो छ  उस्तो छ  भनेर धाक दिन्छ बा !!!! हा हा हा हा अनि उनले आफै लाइ भने "म भन्या डिठ्ठा को नाति पो हु त् दुध चुसेर भात फ्याक्ने .."कि कसो भन्नुस त् शेखर जी ?अब हो भन्नु को बिकल्प त्यहाँ थिएन किन कि म उनको कोठामा आश्रय लिएर बसेको थिए .एकजना साथी थियो उसले त् धाक लागेर कुरो गर्ने लाइ  त् "बाउको नाम झारपात छोरा नाम पावर हाउस 'पो भन्थ्यो .

त्यसैले मलाइ बिगत का ति दिनहरु सम्झन र बताउन रहर लाग्यो .र ति दिन हरु सम्झनामा   भए सम्म को जस्ताको तस्तै  क्रमशः लेख्दै छु यो ४ दशक को अन्तर मा ति दिन र आज को दिन को परिबर्तन देखेर आफै लाइ अचम्म अनि कसरि यो सम्भब भयो जस्तो लाग्छ .आफु १०/१२ बर्ष को हुदा सम्म बिजुली बत्ति को मुख देख्न पाइएको थिएन .छिमेकी दर्जी दाइ को स्त्री (आइरन भन्न त् पछी सिकेको हो )मागेर लेरायो  त्यसमा खोया हाल्यो अनि मट्टीतेल हालेर जलाएर स्त्री तताउने गरिन्थ्यो चिटिक्क धार बनाएर सर्ट पाइन्ट लगाउने रहर पुरा गरिन्थ्यो . .दर्जी दाइ ब्यस्त भएको बेलामा कहिले काही दिदैनथे अनि विकल्पमा ढलोट को कसौडी मा खोया हालेर आगो दन्कायो यत्ति नराम्रो सित तात्थ्यो कि पोलिस्टर को पाइन्ट सर्ट नै  डढाई दिन्थ्यो .भोलि पल्ट स्कुल जाने लुगा नहुन वा कसैको जन्त जान नपाउनु वा मामा घरको निम्तो मा जान नपाएर रुनु त् छदै थियो त्यस माथि आमा को मुसो चुटाइ को पीडा !!!! उफ तर आज सम्झदा कथा जस्तो लाग्छ 

बिगत को कुरो  गर्दा बच्चा बेलाका गाउ बाट  गएको  केहि जन्त र घटना को सम्झना आउछ .उमेर कति थियो त् भन्न सक्दिन तर जन्त जाने बेलामा आमा ले मलाइ सुनको ढ्याक जस्तो संभबत  गाइ चिन्ह भएको दुईवटा ढ्याक (दश पैसे )दिनु भएको थियो .त्यो बिश पैसा ले एक कप चिया र एउटा पाउरोटी को टुक्रा वा ४ वटा पुस्टकारी वा तेल मा झ्वाई पारेको दुईवटा पापड किन्न सकिन्थ्यो .अनि त्यस बेला चिया वा दुध मा पाउरोटी चोपेर खाने चलन र स्वाद को मज्जा नै अर्कै थियो .त्यस बेला गाउमा जन्त जाने भने पछी एक रात दुलही पट्टि को घर मा बिताउनै पर्ने चलन थियो .लगनगाठो ,गोडा धुने रिति को साथै दुलहा को तर्फ बाट जन्ती जाने हरु ले गीत गाउने (श्लोक भन्ने )तरबार नाच गर्ने (खाडो जगाउने )पनि गर्दथे .त्यस बेला नेपाल मा खासगरी उपत्यकामा भर्खर भर्खर जर्मन बाट थोत्रा बस ,मिनी बसको प्रवेश भएको थियो जो सार्बजनिक यातायात भएको थियो .त्यो बस ले पछी भक्तपुरमा मा चल्ने साझा बस लाइ नै बिस्थापित गराई दिएको थियो .

कालिमाटी रबि भवन नजिकै रहेको सुबेदी परिवार मा  साझ परे पछी जन्ती बनेर  पुगियो ठुलो मानिस को साथ लागेर .जन्ती पर्सिने लगायत को काम सकिए पछी चलन  अनुसार जन्ती लाइ खाना खुवाइयो .सेल, पुरी, कसार ,हरियो केराउ को अचार,  आलु बोडीको झोल , फुरुनदाना त् बिहे मा अनिबार्य जस्तै हुन्थ्यो अलि धनि देखाउन चाहने ले पुलाउ खुवाउथे त्यो जन्त मा पनि पुलाउ खान  थियो .खाना खाइ सके पछी दुलहा लाइ त् बस्ने व्यवस्था हुन्थ्यो अरु जन्ती लाइ प्राय व्यवस्था हुदैनथ्यो .म ठाकुर अनि जग नाथ जो केटाकेटी थियौ मदन ढुंगेल दाइ अनि भाष्कर दाई को संरक्षण वा सुरक्षामा वा हामी उनि हरुको सहारामा थियौ .आमा ले मलाई भाष्कर दाइ को जिम्मा लगाउनु भएको थियो .वहा हरु सुत्ने ठाउ खोज्दै हुनु हुन्थ्यो हामी पछी पछी हिड्दथ्यौ.दुलही को घर संगै जोडिएको एउटा गोठ जस्तो कोठामा पस्यौ .त्यहाँ एउटा खाट थियो .त्यो खाट  मा उनि हरु जो ठुला ठुला थिए बसी हाले हामि तल भुइमा रहेको  परालको सुकुल मा बस्यौ .लड्ने ठाउ थिएन .भित्ता मा  अडेस लागेर निदाउने कोसिस गर्दै थियौ .त्यतिकै मा मदन दाइ ले भन्नु भयो उठो ल केटा हो हात थाप ल गाइ को घिउ खाओ .त्यस बेला गाइ भैशी बाहेक बनस्पति घ्यु उत्पादन भै सकेको थिएन .पछी पहिलो पटक सुरु सुरु मा डाल्डा को बनस्पति  घ्यु खुबै प्रचलित भयो .त्यो कोठा बिहेको लागि गुलाब जामुन ,जेरी आदि मिठाइ बनाउने ठाउ परेछ .काठ को ठेकी मा आधा भन्दा बढी घ्यु थियो .पहिले भाष्कर दाइले हात थाप्न भने म ठाकुर र जग नाथ लाइ डाडु ले घ्यु हाली दिए .त्यो खाइ सके पछी पुग्यो भनेको त् मदन दाइले हप्काएर भने पुग्यो भनेर हुन्छ मौका मा खानु पर्छ ल खाओ अब खानु के थियो र घिच्नु त् थियो नि एक त् आधा घण्टा पनि बितेको थिएन कोची कोची जन्ती भोज खाएको त्यो पनि त्यस्तै चिल्लो पुलाउ पुरी सेल गुलाब जामुन आदि .गाउका जमिन्दार बा का जेठा छोरा  मदन दाई देखि अलि  डर लाग्थ्यो त्यसैले  पनि अर्को एक डाडु घ्यु घाटी बाट जबर्जस्ति निलियो .अनि भुष ले हात को चिल्लो पुछेर पल्टियौ कता को साबुन कता को पानि त्यहाँ .......?

बिहान भयो .सबै जन्ती बाख्रो पकाउन जाने तयारि मा थिए .म लगायत ठाकुर र जग नाथ भने पालै पालो चर्पी अगाडी लाइन मा बस्न थाल्यौ .मैले उनि हरु लाइ उनि हरु ले मलाइ खाइस  बजिया घिउ भनेको हो कि जस्तो लाग्थ्यो .घिउ खाएको कुरो भन्ने कुरो पनि भएन एक त् चोरेर खाए जस्तो अर्को नपचेको मा अरुले जिस्क्याउने डर पनि थियो .सकी नसकी जन्ती बाख्रो पकाउने ठाउ पचली भैरब टेकु सम्म त्  पुगियो तर त्यहाँ त् चर्पी कहाँ हुन्  अनि बारम्बार पबित्र विष्णुमती को किनार को मैदान  कुद्दै गएर फोहोर गर्नु को बिकल्प थिएन ..कसै गरि जन्ती बाख्रो खाउन्जेल त् जेनतेन धानेका थियौ .डाडु मा घिउ खाएक कसै लाइ थाहा थिएन  अरु लाइ भने हिजो साझको चिल्लो पुलाउ ले होला भने परेको थियो .कसैले सिटामोल हो कि के हो टेबलेट पनि दियो त्यसले कामगर्ने हिम्मत गरेंन ..घर पुगियो तुरुरु तुरुरु     ले हैरान गर्यो .दुइ  दिन स्कुल पनि जान सकिएन होम शंखर बा (त्यस बेला का हाम्रो गाउको धेरै को ज्यान बचाउने डाक्टर बा )को केहि औषधि र  ग्लुकोज पानि खाए पछी तेस्रो दिन बाट  स्कुल जान सक्ने भएको थिए .तर जग नाथ त् हफ्ता दिन सम्म ओछ्यानमै सुलुलु सुलुलु तुर्याउन्ने भएछन .....धेरै बर्ष पछी सम पनि यो घटना गाउमा  ठट्टा गर्ने एउटा रमाइलो किस्सा भएको थियो आज घिउ खुवाउने भाष्कर दाइ र मदन दाइ ले यो संसार छोडेर गइ सक्नु भएको छ सायद माथि  संगै बसेर हास्दै होलान ......
क्रमशः.............


Monday, August 20, 2012

     गीत /गजल 
के दिउ खै तिमि लाइ उपहार ?

कदम दिउ  त् गोरेटो मा कतै मोडिन सक्छ 
हात दिउ  त् भिड मा  कतै छुट्न सक्छ 
एउटा  सानो मन छ मेरो त्यहि दिन्छु 
म नरहे नि तिमि  सँग सधै  सधै रहन सक्छ 


फुल दिउ त्  केहि छिन मै ओइलाई जान्छ 
बस्तु दिउ त्यो त्  झनै  सस्तो हुन्छ  
बचाको छु केहि आसु  छाती भित्र त्यहि दिन्छु 
म नरहे नि सम्झी सम्झी रुन लाइ काम आउछ 

बाचा बन्धन गरि दिउ सानै निहुमा टुटी जान्छ 
घाम दिउ  त् साझ हुदै त्यो पनि त् डुबी हाल्छ 
सजाको थे चुट्की हासो त्यहि दिन्छु आज 
म कतै हराए नि तिमि लाइ हँसाई राख्छ 

Sunday, August 19, 2012


खबरदार नेता हरु !!!!!
हाम्रो भोटो लुटेर आफ्नो भोटो  फेर्दै गर 
हाम्रो आशु बगाएर  आफ्नो हासो थप्दै गर 
हामि कंगाल बन्दै छौ तिमि मोटाएको फोटो खिच्दै गर 
हामी सुक्दै गए पछी एक दिन हेर 
तिमि हरु कै लागि दाउरा बन्ने छौ समय मै होस् गर !

उपहार


कदम दिउ गोरेटो मा कतै मोडिन सक्छ 
हात दिउ भिड मा  कतै छुट्न सक्छ 
एउटा मन छ त्यहि दिन्छु 
म नरहे नि तिमि संगै सधै  सधै रहन सक्छ 

Saturday, August 18, 2012

एक वा सो भन्दा बढी महिला सित धोका पाएका पुरुष भन्छन "आइमाई को जातै देखि घिन लाग्न थाल्यो "
एक वा सो भन्दा बढी पुरुष सित बाट धोखा पाएकी महिला भन्छिन "पुरुषहरु स्वार्थी हुन्छन घिन लाग्छ यो जात देखि "
एउटा जात वा धर्म बिशेष प्रति आस्था राख्ने  समुह को व्यक्तिले गल्ति गर्दा सम्पूर्ण जात वा धर्म बिशेष समुह लाइ नै लान्छना लगाइन्छ "
एउटा शेना वा प्रहरी कर्मचारी ले गल्ति गर्दा सम्पूर्ण बिभाग लाइ नै दोषी भनिन्छ '
यस्तो सोच बिबेकहिनाता वा अपरिपक्वता को उपज हो .
सत्य कुरो के हो भने एक त् संसार को सबै जात र समाज मा राम्रा न राम्रा दुवै खाले मानिस रहन्छन 
दोस्रो कुरो अपराध वा गल्ति गर्ने व्यक्ति बिशेष वा उसको सोच हो .जात धर्म वा सस्था ले होइन .
अर्को गम्भीर प्रश्न के हो भने 
"जात वा धर्म (आस्था बिशेष )मानिस को सृस्टि पश्चात् मानिस ले नै दिएको उपनाम र मानिस ले नै केहि फरक स्थान मा फरक मानिस ले  कल्पना गरेको कथानै  धर्म वा आस्था को पहिलो रुप हो .र कालान्तर मा  जात वा आस्था (धर्म )समुह वा पारिवारिक वंश सृंखला र आस्था को परिचय को साधन वा माध्यम बन्न पुगेको हो .
तसर्थ मानबता भन्दा माथि न कुनै जात छ न त् कुनै धर्म (आस्था ),
चेतना जागोस 

Friday, August 17, 2012



कविता -जब हुन्छ सुनसान 

भन्छन मसानघाट सुनसान हुन्छ 
तर म देखि रहेछु 
त्यहाँ आवत जावत भै रहेका छन 
रुदै आउछन मुर्दा भइसकेको कोशोक मनाउछन 
एउटा जीवन  को दुख बिसाई दिन्छन 
फर्कन्छन 
फेरी अर्को मुर्दा ल्याउछन 
खरानी बनाउछन् जान्छन 
अलि पर पुगे पछी 
यस्तै हो जीवन को नियति भन्दै 
मिठो मिठो खान्छन 
हासो गर्छन 
शोकमा डुबेको लाइ सम्झाउन खोज्छन 
तर तर म यहाँ 
एक्लै जिउदै जली रहेछु 
मैले दुख बिसाउन सकेको छैन 
किन कि म अझै घर मै छु 
धेरै मलामी हसाउनु छ मैले अझै 
हो म जली रहेछु 
टुक्रा टुक्रा भएर बिच्छेद भएको छु आफै 
हो झर्दा मेरो आशु पुछ्ने यहाँ कोइ छैन 
उदास उदास पिई रहेछु पीडा बुझ्ने कोइ छैन 
एक्लै बस्दा 
चिहान सरह हुदो रहेछ जीवन 
आफ्नो भन्ने कोइ वरिपरि  नहुदा 

-- 
Shekhar Dhungel (शेखर ढुंगेल)

Thursday, August 16, 2012





कविता -हाम्रो टाउको कस्तो टाउको ?

आफ्नो बने दंग अरुको बने भरंग 
यस्तो टाउको न त्  पहिले बनेको थियो 
न त् फेरी बन्नेछ, बन्दा पनि न बनोस 
देख्न पनि न परोस, सुन्न पनि न परोस 
हाम्रो टाउको कस्तो टाउको ?

कता मिल्या मिल्या जस्तो 
कता कता ठ्याक्र्याक्कै नमिले जस्तो 
हो हो जस्तो होइन होइन जस्तो 
त्यसै त्यसै टिनीक्क गर्छ 
धुप को बालुवा जस्तो 
हाम्रो टाउको कस्तो टाउको ?

आफ्नो काम छोडी छोडी 
अरु को टाउको खोज्ने 
आङ्को भैसी लुकाएर 
अर्काको कान को लिखो देख्ने 
हाम्रो टाउको कस्तो टाउको ?

यो टाउको संसार कै अचम्म को टाउको 
बिमतिको भकारी ,
आपद को आधीबेरी 
आफु  लाइ कहिल्यै नचिन्ने  आखा भएको 
हाम्रो टाउको कस्तो टाउको ?

अप्ठेरोमा फलेको फर्सी  जस्तो 
कागको लागि बेलको फल जस्तो 
कति जिब्रे र कुन लिंगी छुट्याउन गार्हो पर्ने 
अरु लाइ मुर्ख बनाएर रमाउन जान्ने 
हाम्रो टाउको कस्तो टाउको ?

तल तिर बगाएर माथि तिर खोज्ने 
मन्दिर जादा मासु को ब्यापार रोज्ने 
निसुल्क पाए अलकत्रा नि झ्वाम्म पार्ने 
अनुसन्धान गर्न लायक 
हाम्रो टाउको कस्तो टाउको ?
लौन भन हो नेपाली को टाउको किन यस्तो ?














डा .भट्टराई ज्यु  किन अप्रियता रोज्ने ?
शेखर ढुंगेल 

आखिर केहि दरिद्र मानसिकताका हाम्रा नेता हरु बाहेक प्यारो देश लुटिएको मा भने के साधारण के समाज सेवी के पत्रकार के साहित्यकार सबै नेपालि को मन मा एउटै कुरो छ एउटै भनाइ छ नेता हरु ले यो देश लुटी रहेछन यो देश बेची रहेछन यो देश लाइ अन्धकार तर्फ धकेली रहेछनयो देश को स्वाधिनता मा नोक्सान पुर्याई रहेछन  ,पुर्ब बिशिष्ठ नेता र प्रशासक लाइ आजीवन बिशेष भत्ता ,सुबिधा ,आवास र सवारी  साधन उपलब्ध गराउने वर्तमान सरकारी निर्णय को  सामाजिक संजाल ,संचार माध्यम हरुमा ब्यापक बिरोध को लहर छाएको छ .

यसै प्रसंग मा सो सुबिधा सम्बन्धि अध्यादेश ले पार्ने असर र आर्थिक भार को बारेमा महामहिम राष्ट्रपति ज्यु ले सामान्य जिज्ञासा समेत नराखी २४ घण्टा भित्र मै आखा चिम्लेर लाल मोहर किन लगाई दिनु भयो प्रश्न गर्दै लेख तयार पार्दै थिए त्यसैबेला कान्तिपुर दैनिक मा त्यहि बिषय मा सम्पूर्ण नागरिक को भावना को प्रतिनिधित्व गर्दै लेखिका मंजला झाले राष्ट्रपति लाइ खुल्लापत्र लेख प्रकाशित गर्नु भएको ले आफ्नो सोहि भावना समेटिएको लेख प्रकाशित गर्नु को औचित्य देखिएन .

मंजला झा जी ले महामहिम  राष्ट्रपति ज्यु ले आफ्नो अभिभावकीय दायित्व प्रति वास्ता नगरेको भनि महामहिम राष्ट्रपति लाइ औलो ठड्याउनु भएको छ .महामहिम राष्ट्रपति ले पनि यस्तो बिबादस्पद र राष्ट्र लाइ घाटा पार्ने कुरो मा केहि बिशिष्ठ अर्थविद हरु संग सल्लाह र सुझाब मागी अनि मात्र निर्णय (स्वीकृति )दिन सक्नु हुन्थ्यो वा पुनर्विचार को लागि फिर्ता पठाउन सक्नु हुन्थ्यो . तर मुख्य कुरो त् कार्यकारिणी अधिकार प्राप्त कथित विद्वान् प्रधानमन्त्री डा .भट्टराइ प्रति नै आम  नागरिक को औलो ठडिएको छ .यो के गर्दै छौ प्रधानमन्त्री डा .भट्टराई ?तिमि लाइ त् नागरिक ले अरु भन्दा  अलग्गै र असल  देख्न चाहेका थिए  तिमि अलग्गै त् भयौ तर  अरु प्रधानमन्त्री भन्दा बढी आलोच्य भयौ .नागरिक को  आशा भरोसा र विश्वास  तुषारापात गर्यौ .केहि व्यक्ति वा समुह खुसि न भए नहुन म बहुमत नागरिक को हित  को लागि ,खुसि को लागि नीति र निर्णय गर्छु भनेर सोहि बमोजिम गर्नु  पर्ने होइन र ?यहाँ त् नागरिक बाट नै तिरस्कृत ,आलोचित अनि देश हित को लागि काम  गर्न असफल अकुल सम्पति का मालिक  भुत ...हरुलाइ खुसि पार्न बहुमत नागरिक को आवाज लाइ अबमुल्यन गर्न पुग्यौ ?यो के रहस्य हो वा बहुलठ्ठीपन ?अझै बुझ्न सकिएको छैन .पदाबधि लम्ब्याउन त्यस्ता व्यक्तित्व बाट समर्थन वा आशिर्बाद थाप्ने अल्पकालीन सोच र मनसुवा हो भने देश कै दुर्भाग्यपूर्ण र भार मात्र हुने भयौ .

 कतिपय भाग्यमानी मानिस लाइ इतिहास वा समय ले एक पटक मौका दिन्छ त्यो मौका लाइ दुरुपयोग ,अहमता पर्दर्शन वा अबमुल्यन गरे पछी पछुताउनु सिबाय केहि बाकि रहदैन .....छोडी के मा  हात भने 
झैँ देश को यस्तो लथालिंग  अबस्थामा के त्यस्तो कारण  आइ लाग्यो पर्यो ?र देश र नागरिक को हित बिरुद्ध  अध्यादेश मार्फत यस्तो निर्णय गर्नु पर्यो ? जब कि केहि महिना अगाडी मात्र  सर्बोच्च अदालत ले त्यस्तो सुबिधा लिनु दिनु गैर्ह कानुनि हो भन्दै त्यस्तो सुबिधा लिने व्यक्तित्व बाट  सुबिधा फिर्ता गर्न सरकार को नाम मा आदेश दिए बमोजिम पुर्ब राजा देखि पुर्ब प्रधानमन्त्री सभामुख र मन्त्रि ले  लिएको सुबिधा को गाडी फिर्ता गरेका थिए .देश ले एउटा सु  शिक्षित प्रधानमन्त्री पाएको थियो केहि सुधार हुन्छ ,पुराना बिकृति हट्छ ,केहि सकारात्मक  काम हुन्छ ,केहि सुशासन को नमुना देखिन्छ र केहि त् विकास का गतिविधि अगाडी बढ्छ कि भनेर नागरिक मा  जुन आशा र बिस्वास थियो आज  त्यो सबै भ्रम र गलत साबित हुन् पुग्यो .

 डा ,भट्टराई एउटा त्यस्तो प्रधानमन्त्री  बने जो छोटी शासनकाल मै इतिहास मै सबै भन्दा बढी आलोच्य भए .अरु त् अरु उनको नेतृत्व को सरकार ले गरेको ३८ वटा निर्णय बिरुद्ध सर्बोच्च अदालत ले कार्यान्वयन स्थगनको को आदेश दिएको छ यो कस्तो बिडम्बना ?एउटा सुशिक्षित प्रधानमन्त्रीले  यस्तो हदै सम्म  को बौद्धिक पाखण्डता देखाउलान भनेर कसैले सोचेको थिएन .धेरैले गफ गरेका संचार मा पनि आएका कुरो हुन् डा .भट्टराई किताब पढ्न मा शौखिन छन् भनेर खोइ मलाइ त् विश्वास लागेंन वा उनले जति पनि किताब पढे कार्ल मार्क्स .स्टालिन .माओ को मात्र पढे कि वा कसरि सत्तामा पुग्ने र टिक्ने उपाय मात्र खोजे कि नत्र त् एउटा अध्ययनसिल मानिस ले कुनै दिन स्वामी बिबेकानंद ,गौतम बुद्ध का संदेश ,महात्मा गान्धी को अहिंसाको नीति ,नेल्सन मण्डेला को जातियबाद बिरुद्ध को नीति र एउटा सक्षम नेता मा हुनु पर्ने गुण हरु पढेका हुन्थे त् आज यस्तो अलोकप्रिय निर्णय हरु गर्दैनथे होलान .

कुनै पत्रकार ,लेखक  वा अर्को बिपक्ष के भन्छ भनोस मतलब राख्दिन भने पनि केहि छैन तर आफ्नै पार्टी अध्यक्ष प्रचण्ड अनि अर्का तत्कालिन उपाध्यक्ष र नया माओबादी का अध्यक्ष किरण बैध्य लगायत का नेता ले भारत परस्त वा "र 'का एजेन्ट भनेकै छन् .डा .भट्टराइ  भारत परस्त देखिनु केहि उदाहरण मध्य उनकै पाला मा नेपाल को स्वाधिनता मा असर पार्ने  तीसौ बर्ष देखि रोकिएका  सुपुर्दगी सन्धि ,केहि जल बिद्युत आयोजना भारत लाइ दिनु लगायत बिप्पा सम्झौता ,बिमानस्थल हरु  को ब्यबस्थापन भारतीयको  जिम्मा लगाउने अभ्यास हो .स्मरण रहोस डा .भट्टराई कि पत्नी हिसिला यमी पर्यटन मन्त्रि हुदा नेपाल को अन्त रास्ट्रीय विमानस्थलमा भारतीय मार्सल (शैनिक सुरक्षा अधिकारि )राख्न दिने मौखिक सहमति समेत भएको खुलासा भएको थियो .

तसर्थ अझै समय छ आलोच्य र सर्बोच्च ले स्थगन आदेश दिएको सबै मुद्धा वा निर्णय खारेज गर .थोरै निर्णय  गर तर देश र नागरिक लाइ दिर्घकालिन सकारात्मक प्रभाब पार्ने सम्भाब्य बैज्ञानिक अनि आफ्नै पौरख मा सम्पन हुन् सक्ने योजना , नीति हरु लागु गर .देश सम्पन भयो इमान्दार नेता हरु को पाटि को बास हने अवस्था आयो भने राज्य ले होइन नागरिक ले उनि हरुको लागि सोच्ने छन् नागरिक ले उनि हरुको व्यवस्था गर्ने छन् .राज्य को स्रोत बाट लुटाएर केहि व्यक्ति खुसि पार्ने तर देश लाइ गम्भीर आर्थिक भार को मार पर्ने ,देश को स्वाधिनता मा असर  पार्ने जस्तो नीति र निर्णय बन्द गर !





-- 
Shekhar Dhungel (शेखर ढुंगेल)

कविता -उनको  चिठ्ठी 

पुग्यौ सपना को देश मा तिमिहरु  
के पायौ के गुमायौ हिसाब पनि गर्दै छौ कि ?
या 
सब बिर्सेर अतित का पिडा हरु 
बिन्दास रमाउदै पो छौ कि ?
कतै 
तनाबमा परि आफै लाइ हराएका त् छैनौ ?
पाखा बारी बाझो बन्दै छ यता 
त्यता खोइ तिमि के गर्दैछौँ ?
पोहोर साल बाजे बिते छोरा 
मलामी ज्याला तिरेर  ल्याउनु पर्यो  
कल कल बग्ने झरना ,नदि सुक्न थाले 
तिमि त् सागर मा डुबुल्की मार्न व्यस्त हौला ?
आउदै छ कि मुख मा पानि लप्सी को अचार सम्झेर 
कि 
आदत बनाइ  सक्यौ जिब्रोको साथी पिजा र बर्गर ?
कहाँ पाउदा हौलाउ र खेल्न छुनुमुनु गर्ने पाठो र बहर 
बल्झेका  हौलाउ साझ बिहान चलाउदैमा  कम्पुटर ?
उडु उडु  फर्कु फर्कु त् लाग्दो हो ?
गुरास फुल्ने डाडा पाखा सम्झेर !
घोत्लिंछौ होला कहिले काही त् 
बाल सखा के गर्दै होलान भनेर 
कति दशैँ गयो जमरा ओइलाई सुके 
कति तिहार गयो  सेल रोटि खेर गए 
दिदि बहिनि को आशु पनि सुकी सके 
मन त् भरिएला तिम्रो यो चिठ्ठी पढेर 
तिम्रो जवाफ  त्यहि  त् हो नि 
फसे आमा सन्तान को भबिस्य सोचेर 
म त् बुझ्न सक्छु सन्तान को मन 
तिम्रो मन त् सधै म संगै नै होला 
तिम्रो सन्तान को माया ले रोक्दो हो 
हो तिम्रो लागि 
यो ख्याउटे बुढी सित छ नै के र ?
न त् भोक मेटाउन सक्छु न त् तिम्रो प्यास 
म सित गरिबी छ  ,अभाब छ 
न त् म अहिले तिम्रो र तिम्रो 
सन्तान को लाइ सुरक्षित काख नै छ 
मेरो फुस्रो हात धुलो भरिएको काख ले 
तिमि लाइ कहाँ स्वस्थ राख्न सक्छ र ?
जब आफ्नै अस्तित्वको चिन्ता मा डुबेको छु 
हिजै डाडा घरे कैलो बन्दुक बोकेर आयो 
कान्लामुनि को बगैचा अब देखि उसको राज्यमा पर्यो रे 
फल खान अब उसको अनुमति चाहिन्छ रे
 हर्कमान  को हात मा पठाएको कोसेली पाए 
खो के कारी भन्थ्यो आइ  साझ नपर्दै खोसी लग्यो 
तिम्रो सुखमा खुसि नै छु म यहाँ 
कम से कम तिम्रो चिन्ता त् छैन मलाइ 
खोइ के हावा आयो ?
कोइ कता त् कोइ कता लाग्यौ 
हिजो  तिमि हरु लुटुपुटु गर्ने यो काख 
रित्तो रित्तो कोइ सन्तान नै न भए जस्तो लाग्न थाल्यो 
बगी रहेको आखा को भेल 
खोइ कसले स्नेह ले पुछिदिने होला ?
लौरो ले थेग्न नसक्ने भै सक्यो यो जिर्ण शरीर 
अब त् मलाइ केहि चाहिदैन हे सन्तान हो !
मात्र सबै भाई मिलेर हासी खुसि 
यो घरमा संगै शान्ति सित बसी देओ 
कोइ मादल ठोक्, कोइ  सारंगी रेट 
हिमाल पहाड तराइ जहाँ पुग्छौं 
नौमती धुनमा गएर नाचिदेओ 
आओ  हे सन्तान  अब यो घरमा 
आनन्द सित मिलेर बसी देओ !!!!!!


कसले खोज्दछ ?
-----------------------------
हासो पछाडी को आशु 
उदासी पछाडी को पिडा 
छछल्किएको आशु पछाडिको व्यथा 
युद्धमा गएकाको जीवन अर्थ 
चितामा लडेको लासको शान्ति 
मुर्झाएको फूलको हिजो को सुन्दरता 
खरानी भएको आगो को ज्वाला 
अभियुक नै न्यायाधीश भएको अदालत 
शक्तिहीन बनेको शासक 
बिना पैसाको ग्राहक 
हार्न को लागि युद्ध 


डा.भट्टराई र अमिलो अंगुर 
 
दुइ दिन अगाडी को नागरिक दैनिक मा प्रधानमन्त्री डा .बाबु राम भट्टराई को लेख पढे पछी एउटा कबि ले आफ्नी मायालु लाइ कविता लेखे जस्तो लाग्यो कबि आफुले निस्वार्थ  ,स्वच्छ राग बिहिन माया गर्ने वा गरेको भाव पोख्दै  लेख्छन "मलाइ तिमि सित कुनै चाह छैन प्रियसी एक्कै छिन काखमा राख्ने धोखो मात्र हो .मलाइ तिमि सित राग पनि छैन प्रियसी एक्कै पटक तिम्रो ओठको रस्वादन गर्ने चाह मात्र हो .मलाइ तिम्रो शरीर सित होइन मन सित मात्र माया छ  एक रात बिताउने मात्र धोखो छ प्रियसी तिमि म सित बसी रहु म तिम्रो काखमा लुटुपुटु गरि रहन्छु प्रियसी अरु केहि चाहिदैन प्रियसी "अब त्यति आशक्ति र उपभोग गरि  सके पछी  बाकि  नै के रह्यो र ?हो त्यस्तै डा .बाबु राम ले आफ्नो सत्ता प्राप्ति को बिग्रह र सत्ता च्युत हुनु पर्दा को पिडा लाइ  सो लेख मार्फत  सम्बोधन गरेका छन् एउटा पाखण्डी पण्डित ले अफ्नो प्रबचन को अधिकांस समय लोभ लालच गर्न नहुने माया मोह मा डुब्न नहुने अनि स्त्रीको प्रत्यक अंग को बर्णन गर्दै त्यस प्रति आशक्त  हुन् नहुने भन्छ तर अन्त मा दक्षिणा कम भयो भनेर  जसरि  भुन्भुनिदै हिड्छ हो आज प्रधानमन्त्री डा .बाबु राम को पनि त्यहि हाल छ .नेपाल को पहिलो मानवाधिकारवादी सस्था को उपाधक्ष्य (र्हिषीकेश शाह अधक्ष ) भएका  डा .बाबु राम बिशौ हज्जार नागरिक को हत्या ,खरबौ मूल्य को  रास्ट्रीय सम्पति  ध्वस्त पार्ने  आततायी समुह को पनि उपाधक्ष बन्न पुगे के त्यो सत्ता वा कुर्सि प्रति को चाह र आशक्ति होइन ?उनको करनी र कथनी बिचको  चिन्तन पाखण्डपूर्ण छ  आज नेपाली त्यो सबै बुझी सकेका छन् . त्यो लेख  पढ्दा काम चलाउ सरकार को नेतृत्व गरि रहेका डा ,बाबु राम कुर्सि बिच्छेद हुनु पर्दा को पिडा ले छटपटाई रहेछन भनेर बुझ्न  जो कोइ लाइ गार्हो परेको छैन . त्यो कुर्सि मा पुग्न उनले गरेको कथित जन युद्ध को घाउ नेपाली ले बिर्सी सके भनेर सोचेका हुन् भने   डा .बाबु राम को भ्रम हो .हुन् त् संबिधान सभा को अबसान पस्चात डा .भट्टराई  आज सम्म कुर्सीमा हुनु को कारण कांग्रेस र एमालेको अक्षमता र नालायकी नै मुख्य हो .तोकिएको समय मा संबिधान बनाउन न सके एक मिनेट पनि कुर्सि मा बस्दिन भनेर कुर्लदै अनि म मा जादु को छडी नै छ झैँ गरि मधेश बादी दल सित असंबैधानिक र राष्ट्रघाती ४ बुदें सम्झौता गरि बहुमतीय आधारमा प्रधानमन्त्री बनेर बिगत ५ बर्ष को दलीय सहमती लाइ लत्याउदै प्रधानमन्त्री बनेका डा .भट्टराई को कारण उनको आफ्नै दल समेत फुट्यो .यो हद सम्म को सत्ता आशक्ति देखाई सकेका डा ,भट्टराई "सौ चुहे खाके बिल्ली चली हज कर्ने "भने जस्तो अहिले तमाम नालायकीपन को नमुना ,असफलता हात लागे पछी र कुर्सी बाट बिच्छेद हुने दिन नजिक आइ पुग्दा "कुर्सि "मोह न भएको म यस्तो  उस्तो भनेर आफ्नो बयान आफैले गर्नु पाखण्डपन को पराकास्ठा हो  .अझ भन्नु पर्दा  "अँगुर अमिलो" कथन लाइ पुस्टि गर्दछ .जनता ले तिरेको राजस्व खाने प्रधानमन्त्री नै आफ्नो भजन आफै गाउछन भने उनको बुद्धि लाइ धिकार्नु बाहेक के पो गर्न सकिन्छ ?डा .बाबु राम ज्यु "म सर्ब सम्मत प्रधानमन्त्री हुन् सके हुन्छु नत्र बहुमतीय प्रधानमन्त्री बन्दिन भनेर भाषण ठोकेको एकाध महिना नबित्दै जबर्जस्ति राष्ट्रघाती सम्झौता गरेर बहुमतीय प्रधानमन्त्री बन्ने तिम्रो यो साचिलो बन्ने र सस्तो लोकप्रियता खोज्ने सोच बहुलठ्ठीपन होइन र ?शान्ति र संबिधान टुंगोमा न् पुगे एक मिनेट पनि कुर्सीमा बस्दिन भन्ने तिमि नै होइनौ ?सत्ता मा पुगे पछी मलाइ भारत लगायत अन्तरास्ट्रिय समर्थन प्राप्त छ कसैले ढालेर ढाल्न सक्दैन भन्ने दासत्वपूर्ण मानसिकताको  अभिव्यक्ति दिन न् हिच्चकिचाउने डा .बाबु राम ले अहिले कुर्सि मोह नभएको भन्नु हास्यास्पद मात्रै होइन डा .प्रमाणपत्र को स्तर मै व्यंग र सो प्रमाणपत्र माथि नै आज जनता ले प्रश्न उठाउन थालेका छन् . तर लेख को मनोविज्ञान तर्फ हेर्ने हो भने कता कता डा .भट्टराई को मन मा ग्लानि र पश्चाताप अनि आफ्नो नालायकीपन एबब असक्षमता बाट आफैमा हिनताबोध ले जरा गाड्दै लगेको हो कि जस्तो पनि देखिन्छ वा मानसिक विक्षिप्तताको प्रारम्भिक चरण पनि हुन् सक्छ .

डा .भट्टराई को लेखले के कुरो स्पस्ट पारेको  छ भने नेपाली नागरिक मुर्ख नै हुन् र यिनी हरु लाइ अझै मुर्ख बनाउने क्षमता छ  म मा भन्ने दम्भ उनि मा देखिएको छ .आफ्नो नालायकीपन र असक्षमता लाइ पन्छाउँन वा ढाकछोप गर्न "अस्थिरता र अराजकता लाइ "जिम्मेवार देखाएका छन् .हे कथित बिध्वान डा ,बाबु राम ?त्यो अस्थिरता र अराजकता को कारक तत्व तिमि आफै हो कि होइनौ ?अझ भनौ अस्थिरता र अराजकता को प्रतिमूर्ति नै तिम्रो दम्भ , घमण्ड अनि  तिमीले नेतृत्व गरेको हिंसात्मक जन युद्ध हो कि होइन ?अझै तिमि नागरिकका  मन मा झुन्डिने चाह राख्छौँ ?भने मौका छ सर्ब प्रथम तिमीले जन युद्ध देश र जनता को बिरुद्ध साबित भयो त्यो हिंसात्मक युद्ध को कारक मै हु मैले गल्ति गरे भनि पश्चाताप गरि राजनीति बाट सन्यास लिएर गोरखा वा बनारस तिर लाग्यौ भने म पनि एउटा त्यागि पुरुष को रुपमा तिम्रो एउटा फोटो झुन्ड्याउछु .होइन भने प्रधानमन्त्री जस्तो पद मा रहेर आफ्नो नालायकीपन को लागि भ्रम पूर्ण लेख छापी  देश को महत्वपुण समय र पाठक को समय बर्बाद गर्दै "गोही को आशु झार्नु को  को कुनै तुक छैन .बरु यस्तो लेख ले मानसिक विक्षिप्तता को संकेत मात्र गर्दछ . नागरिक भन्न थालेका छन्" पागल को सिंह उम्रन्छ र ?"एउटा प्रधानमन्त्री जस्तो गरिमामय  सार्बजनिक व्यक्तित्वले आफै लाइ सफाई दिने आफै आफ्नो काम को स्पस्टिकरण को लागि लेखने काम कसैले गर्दैन . वहा आफु लाइ बिध्वान  ठान्नु  हुन्छ भने यो कुरो पनि थाहा होला "judge your self from other eye "न कि आफुले आफै लाइ ....डा बाबु राम ले कुर्सि मोह नभएको भन्नु एउटा पाखण्डी पण्डित ले आफ्नो प्रबचन मा सदाचार र नैतिकताक पाठ  अनि आशक्ति बिरुद्ध को कुरो गर्दा गर्दै ९०% प्रबचन योंनीक प्रसंग मै बिताए जस्तै डा बाबु राम ले पनि कुर्सि मोह न् भएको भन्दा भन्दै सम्पूर्ण सोच कुर्सिकै  आशक्तिले भरिएको र आफु बाहेक अरु सबै गलत भन्ने दिग्भ्रमित सोचमा डुबेको देखिन्छ .हे बाबु राम तिमि आफु लाइ त्यस्तो प्रिय शासक ,र महान ठान्दछौं भने र तिमीले अरुले गर्न नसकेको ठुलो ठुलो देश र जनता को हित मा काम गरेको ठान्दछौं भने किन हिड्छौ सैयौ सुरक्षा अधिकारि अगाडी पछाडी लगाएर ?तिमि आफ्नो नालायकीपन र असफल छबी लाइ छाया मा पार्न अझै  चतुर्याई गर्दै छौ .के नाम ट्रेक्टर चढेर चेपांग बस्तीमा जानु तिम्रो ति गरिब नागरिक को रगत ले डुबेको हात र मानसिकता को उपचार पनि होइन "काम कुरो एकातीर कुम्लो बोकी ठिमी तिर "भने जस्तो मात्र  हो .देशमा बिधिको शासन लागु भएको दिन ति चेपांग नै पहिलो सेवा वाट लाभान्दित  हुने हुन् त्यसैले भन्छु हे बाबु राम सिहं दरबार मा बसेर सुशासन लागु गर यो सस्तो लोकप्रियत को नाटक बन्द गर ,प्रधानमन्त्री डा को हुन् कस्तो हुन् के गरे के गरेनन किन गरे किन गरेनन ?यो सब मुल्यांकन गर्ने नागरिक र समय ले हो आफ्नै प्रचार गर्दै हिड्नु बुद्धिमानी होइन ..
 
डा .बाबु राम हाम्रो लागि एउटा यस्तो भ्रम को पहाड बनेर आए  जो उनकै शब्द मा "राजा मिडास जस्तो जे छोयो त्यहि सुन हुने "जस्तो देखिन्थे तर मैले उनलाई त्यो देखेको र सोचेको पनि थिएन अरु ले बधाई को शंख घंट बजाई रहेको बेला मा नै खुल्लापत्र लेख लेखेर उनि तिन महिना भित्र मै बबुरा राम हुनेछन भनेको थिए त्यो भन्दा पनि अब त् दया को पात्र पो बन्न पुगे .डा .भट्टराइ माथिको भ्रम को लागि एउटा व्यंग उदाहरण दिनु राम्रो होला "भारत का सुविख्यात हास्यकलाकार कलाकार राजु श्रीवास्तव को एउटा व्यंग जस्तो "एक दिन प्रसिद्ध अभिनेता अमिताभ बच्चन लाइ आफै गाडी हाक्ने रहर लागेछ र आफ्नो ड्राइभर लाइ पछाडी राखी निस्केछां मुम्बई को सडकमा ..केहि बेर चलाउदै गर्दा एक ठाउमा उनले सडक को रातो बत्तिमै अगाडी बढे छन् मुम्बई को प्रहरी न हो गाडी रोकी हाल्यो लाइसेन्स माग्न हात बढाउछ त् ट्राफिक नर्भस हुदै उपल्लो हाकिम लाइ सेट मा रिपोर्ट गर्ने प्रयास गर्छ  स स ....स    सर ..सर ...सर्र्र्र्र्र ! उता बाट आवाज आयो ए सर सर मात्र भन्छस कि अगाडी पनि भन्छस ?स स स र यहाँ आउनु पर्यो उता बाट आवाज आयो के भो के भो ?सर म कार्यबाही गर्न सक्दिन सर नै आउनु पर्यो किन सक्दैनन ?किन कि  अमिताभ बच्चन त्   ड्राइभर छन् झन   पछाडी बस्ने  को होलान सर ?"हो ठिक त्यस्तै भ्रम रह्यो बाबु राम को डा .प्रमाणपत्र मा देश को पहिलो डा .प्रधानमन्त्री ले के के न गर्ला के के न बुद्धि होला भनेको त् उनको कार्यकाल देखेर त्यो भ्रम अब टुटी सकेको छ .डा .बाबुराम ले  आफु लाइ असल र योग्य देखाउन अब थप समय र उर्जा खर्च गर्नु पर्दैन .

शैक्षिक प्रमाणपत्र  नै बिध्वता वा योग्यता को आधार होइन भन्ने अनुभबी हरुको कथन को पुस्टि गर्ने पछिल्लो उदाहरण डा .भट्टराई बन्न पुगेका छन् .बाबु राम वा माओबादी अनि "सुशासन ?यो जग हसाउने कुरो नै व्यर्थ हो डा .भट्टराई जी कसरि बिर्सनु भयो ?अरबौ खरबौ को रास्ट्रीय सम्पति ध्वस्त पारेको ?कुरो गर्नु भएछ लगानी बोर्ड स्थापना गरे अब जल बिद्युत लगायत का योजना मा लगानी गर्ने बाताबरण बनाए राम राम राम बाबु राम जी लगानी बोर्ड नहुदै यो देश मा लगानी गर्ने को होड बाजी थियो हिजो यहाँ ले नै भगाउनु भएको कसरि बिर्सनु भयो ?तपाइले जन युद्ध न गरेर ध्वस्त र त्रस्त न पारेको भए आज उपल्लो कर्णाली मा बिद्युत उत्पादन सुरु भै सक्थ्यो .मर्स्यान्ग्दी दोस्रो आज भन्दा ४ बर्ष पहिले पुरा भै सक्थ्यो ति लगायत आधा दर्जन भन्दा बढी लघु जलविधुत का योजना नागरीकक ले आफ्नै स्रोत मा तयार पारि  सक्थे . देश शान्त थियो नागरिक ले देश को अनुकुल योजना लेराउदै थिए भर्खर एउटा स्वतन्त्र बाताबरण बनेको थियो आर्थिक विकास को लागि निजि क्षेत्र  स्वयम प्रोत्साहित भएको  तर तपाई हरुले नै त्यो बाताबरण को मुन्टो भाची दिनु भयो .भुत पुर्ब बिशिष्ठ हरु लाइ  बिशेष सुबिधा दिन लेराइएको अध्यादेश को बिरोध हुनु बिडम्बना देख्नु  भएछ .यसै बाट पनि स्पस्ट हुन्छ डा .भट्टराई को बौद्धिक स्तर कस्तो रहेछ .हे कथित डा .बाबु राम तिमि आफु बाबु को हात वाट दशैँ को टिका थाप्छु आशिर्बाद माग्छौं सरकारी सुबिधा र सुरक्षाकर्मी बोकेर बाबु लाइ मनकामना दर्शन गर्न पुर्याउछौ तर किन आफ्नो आस्था र बिस्वास माथि घात् गर्न इशाईकरण को सहायक बन्छौँ ?किन तिमि लाइ गर्ब छैन हिन्दु हुनु मा ?के हो तिम्रो राष्ट्रबाद ?किन तिमि सहायक  हुन् सक्दैनौ बिस्व को एकमात्र हिन्दु राष्ट्र कायम राख्न ?सुन डा .बाबु राम जसले तिमि लाइ "धर्म निरपेक्षता " को आदर्श बाक्य र मर्म सिकायो त्यस भित्र को "कुण्ठित मनसाय "बुझ्ने क्षमता तिमि मा भएन अझ स्पस्ट भन्नु पर्दा ति मानिस र देश हरु जो आफु लाइ इशाई भन्न र आफ्नो देश लाइ इशाई राष्ट्रको पहिचान राख्ने काम मा कुनै कसर बांकी राख्दैनन .तर उनि हरु नै अरुको धर्म र सस्कृति ध्वस्त पार्न सक्रिय  हुन्छन तिमि जस्ता कथित विद्वान उनिहरुका सहायक बन्छौँ किन ?यो बुझ्ने क्षमता नहुनु नै तिम्रो अपरिपक्वताको अर्को प्रमाण हो .

डा .भट्टराई जी को कार्यकाल मा उनि  बिरुद्ध कैयौ दर्जन  मुद्धा परे र डा .भट्टराई  नेतृत्व को सरकार ले गरेको निर्णय बिरुद्ध ३९ वटा मुद्धा सर्बोच्चमा पुग्यो .तपाइको असक्षमता को अरु प्रमाण के खोज्नु पर्छ ?एउटा बिध्वान  मानिस को गुण हो आफ्नो कमि कमजोरी स्विकार्नु तर डा .भट्टराई ले  "अस्थिरता र अराजकता "लाइ दोष दिनु भयो त्यो अस्थिरता र अराजकता भनेको तपाइँ नै हो आफुले आफै लाइ दोषी घोषित गर्न सक्नु  भयो भने तपाइँ को लेख मा रहेको केहि कुरो लाइ इमानदारीको दृष्टि ले  ले हेर्न सकिन्छ .डा भट्टराई जी नागरिक ले यहाँ को असलियत ,क्षमता ,योग्यता र नियत बुझी सकेका छन् .आफु लाइ चोखो बनाउने दुस्प्रयास को केहि अर्थ छैन .अझै जनता को मन मा बस्ने कुरो गर्नु हुन्छ ?हो बस्नु हुन्छ जसरि बिन लादेन ,हिटलर  संसार को मानिस को मन मा रहेका छन् त्यसै गरि तपाइँ पनि प्रत्यक नेपाली रहुन्जेल हिंसात्मक जन युद्ध ,बिसौ हज्जार गरिब नेपाली को हत्या अपहरण अंग भंग अस्थिरता अराजकता को नेतृत्व कर्ता को रुपमा कालो छायाँ बनेर युगौ युग रहनु हुनेछ त्यसमा त् मलाइ पनि शंका छैन .
"हज्जारौ जनता को रगत सित खेलेर साधु बन्ने घृष्टता नगरौ "
चेतना भया 

Wednesday, August 8, 2012

माया (कथा)


नमस्ते !!! नमस्ते !!!
माया आफ्ना अतिथि हरु लाइ पालै पालो स्वागत गर्दै बैठक कक्ष तर्फ गएर बस्न अनुरोध गरि राखेकी छिन .
आज माया ले पचासौं बसन्त पार गरेको दिन
कुना मा माया को ८० बर्षीय श्रीमान भिक्टर  ह्विल चेयर मा बसेर आगन्तुक सित हात मिलाई रहेका छन् .
आज माया ले भारतीय रेस्टुरेन्ट लाइ खाना को जिम्मा दिएकी छिन .छिमेकी राम लाल टेबुल मा केक सजाई रहेछन .
उल्लासपूर्ण बाताबरण छ .अब को आइ पुग्न बाकि छन् माया ?
शान्ति ले हल्ला लाइ चिर्दै सोध्छिन .
कोइ छैन दिदि सबै आइ पुगी सक्नु भयो यत्ति नै हौ हामि
लौ खाना सुरु गरौ ?केक अन्त मा काट्ने हो राम लाल ले अनुरोध गरे .
आइतबार को पार्टी मज्जै हुन्न भन्या भोलि बिहान सबेरै काम मा जानु पर्ने हुन्छ भन्दै शर्मिला अगाडी बढिन .
पार्टी मा सबै आफ्नो धुन मा गफ गर्दै छन् .माया ले भर्खरै भिक्टर लाइ उसको नियमित औषधि खुवाएर बिछ्यौना मा पुर्याई आएकी छिन .
देबेन्द्र ले माया को गिलास मा भोड्का  थप्दै भने माया तिमि कत्ति भाग्य मनि हगी ?
माया ले धन्यवाद भन्न न् पाउदै शान्ति ले माया को हात तान्दै भनिन ए माया के गर्छेस यत्रो सम्पति यार यो बुढो मरे पछी ?
छि दिदि पनि ?जे गरे पनि गरौला नि !पहिले यो बुढो त मरोस ?हा हा हा ....हा ......हा दुवै चियर्स गर्दै हस्छन्
अमेरिका मा सुख पाउने हो भने एउटा मालदार गोरे सित बिहे गर्नु पर्ने रे छ यार शान्ति !!! दीपा ले बीयर को चुस्की लगाउदै थपिन .
हा हा ..... हो त देखिनस शिबे को साली को फुर्ती ?बिहे गरेको दुइ बर्ष मै बुढो मर्यो त्यत्रा दुइ वटा घर ब्यापार को मालिक्नी भएकी छे अहिले !
नेपाल बाट आफु भन्दा ५ बर्ष कान्छो ह्याण्डसम केटो लाइ बिहे गरेर लेराएकी छे मोरी ले रिमा गफ मा गफ थप्दै छिन् .
हो यार अमेरिका मा त कि कुक्कुर कि केटि भएर जन्मनु पर्छ भन्दैथ्यो  अस्ति एउटा श्रीमती पिडित बिचरा ....!झुमा ले थपिन
सबै हा ....हा ......हा ..हा     .....  हास्छन

कोठा मा पुग्दा भिक्टर फ्वा .....फ्वा .....लामो घुराइ मा हुन्छन .
थकित माया निदाउन खोज्छिन पटक्कै निन्द्रा लाग्दैन .ओल्टे कोल्टे फर्कदैमा बिहान को आलार्म घन्टी बज्यो .
भिक्टर को लागि ब्रेक फास्ट बनाउन भान्सा तिर लागिन माया  आखा मिच्दै .भिक्टर लाइ औषधि खुवाउनु भन्दा पहिले ब्रेकफास्ट दिन डाक्टर ले भनेका थिए .
माया त्यो माया जसको त्यो अपार सम्पति छ आज गोरे बुढा ले मृत्यु पस्चात सबै सम्पति माया को नाम मा भनि वकिल लाइ लेखाएर मन्जुरी दिई सकेका छन्  .देख्ने लाइ औडाह भै राखेको छ माया को  त्यो सम्पति को हिसाब गरेर . .
तर त्यो माया को बिगत कस्लाई थाहा ?
माया को छाती कत्ति कठोर भएको छ .कत्ति दुख्ख हण्डर खाइ माया ले ?सम्पूर्ण जवानी संघर्ष , दुख आशु मा बित्यो !!
मर्ने बेला मा हरियो काक्रो भने जस्तो भएको छ माया लाइ अहिले .
कत्ति बाजी जिती ... कत्ति बाजी हारी... माया ले यो जिन्दगि लाइ अगाडी बढाउन ! जुवा नै भयो माया को जिन्दगि आज हात पर्यो भोलि फेरी हार्यो ........एक दिन हास्यो ...सय दिन रोयो .....
उसको मन को तनाब कहिले पनि शान्त भएन होस् पनि कसरि ?समुन्द्र मा तैरन हिडेकी तिब्बती केशांग ...मरुभूमि मा पुगे पछी .कुनै  रात त्यस्तो छैन दुइ चार पेग भोड्का न् पिई निदाएको दुइ चार खिल्ली चुरोट लाइ खरानी न् बनाइ ओछ्यान मा गएको .
हिमाल पारी कि केशांग वारि पुगे पछी आंग फुर्फा लामा बनिन
बिरानो ठाउमा  काखे दुइ बच्चा च्यापेर आइ पुगेकी माया ले के के मात्र सम्झौता गरिनन् ?
ती कहाली लाग्दा दिन हरु माया का माया बाहेक कसले अनुभब गर्न सक्छ ?
केशांग  (माया )मात्र २० बर्ष कि थिइन . केहि महिना अगाडी नेपाल आइ पुगेको श्री मान छिरिंग ले अब अमेरिका जाने हो तिमि पनि आऊ भनि पैसा खर्च गरेर चोर बाटो हुदै नेपाल को सोलु सम्म अबैध तरिका ले  लेराउने बन्दोबस्त गरेको थियो .सोलु को प्रहरी र प्रशासन सित लुका छिपी गर्दा गर्दै यता छिरिंग को अमेरिका उड्ने समय गुज्रने भएकाले छिरिंग अमेरिका उड्यो केशांग लाइ एक्लै बिचल्ली मा पारेर .श्रीमान् एक्लैअमेरिका उडी सकेको  को  खबर दलाल ले सुनाए पछी केशांग बिक्षिप्त भईन. फर्कनु पनि ज्यान जाने खतरा अगाडी बधु कसरि कहा जाउ को संग जाउ?दलाल ले पनि छोडेर गै हाल्यो उसको जिम्मा सोलु सम्म पुर्याउने मात्र थियो .
सोलु मा केशांग ले तेन्जिंग सित सम्झौता गरिन भएको सुन अनि आफु लाइ बेचेर ......तेन्जिंग कि आंग फुर्बा बनेर केशांग चरिकोट आइ पुगिन .
चरिकोट मा हर्क तामांग कि श्रीमती माया तामांग बनेर नेपाल को नागरिकता बनाइन . नेपालि भाषा सिकिन हर्क सित को बसाइमा .बल्ल काठामाडौं को तिब्बतियन शरणार्थी क्याम्प मा पुगिन केशांग उर्फ माया .अनि ठुलो स्वास फेरिन .
श्रीमान छिरिंग सित सम्पर्क बिहिन भए पछी माया ले बाकि यात्रा स्वयम ले तय गर्नु पार्ने भयो  .

माया का दुइ छोरी निमा र डोल्मा लाइ एउटा बिदेशी सस्था ले भारत देहरादुन मसुरी को स्तरीय स्कुल मा निसुल्क पढाई दिने भयो
माया अब एक्लो भईन क्याम्प मा नै माया ले हिन्दी अंग्रेजी नेपालि भाषा पढिन र पोख्त भै सकेकी छिन .
माया एउटा सिंगो पहाड बनेर धेरै अप्राकृतिक झरी तुषारो व्यहोर्न थालिन .हिमालपारि कि पवित्र छोरी केशांग ले माया  बनेर धेरै लाइ माया बाडिन साट्न पाइनन ..बिबशता भित्रै हिम्मत जुटाइन र अगाडी बढ्दै गर्दा केहि समय मा नै माया हंगकंगे ,दिल्ली कि ब्यापारी माया दिदी बनि सकेकी थिइन .
दुइ दशक बित्न लागि सक्यो माया ले अमेरिका को मोह मा इस्ट कोस्ट देखि वेस्ट कोस्ट सम्म भौतारिएकी ...जसरि सजिलै सम्झौता गर्थिन् त्यतिक्कै सजिलो सित टुटी जाने क्रम को अत्यास लाग्दो बिगत ले माया को निन्द्रा बाटो रोकिन्थ्यो .बिचलित सम्झौता हरुले माया हो भोक लाइ भगाई दिन्थ्यो .अहिले धेरै नेपालि हरु बसेको ठाउमा माया को घर छ .माया को दर्दनाक बिगत सुनेर स्नेह ममता दिन्थे आफ्नै परिवार हरेक उत्सब मा बोलाउन बिर्सदैनथे.
माया केहि राहत महसुस गर्थीन् .
बेला बेला मा अतालिन्छ मन माया को अनि भाग्य लाइ कोस्द्छे धिक्कार्छे !
कहा जान निस्केकी घर बाट केशांग ? माया बनेर  कहा पुगी ? संझदा पनि अत्यास लाग्ने दिन हरु ........!!!!!!!!
फर्कने बाटो भत्किएका छन् फर्किनु को कुनै औचित्य नै छैन .....पछाडी फर्केर हेर्न पनि चाहन्नन् माया ....तर घरि घरि   अतित घचघच्याएर चियाइरहेको हुन्थ्यो.पिडा नै पिडा को आलो घाउ मा नुन घोप्ट्याई दिन्थ्यो .
हुर्केका छोरी हरु निमा जर्मन त डोल्मा न्युजील्यान्ड मा छन् बिदेशी सित बिबाह गरेर .

जुन दिन अमेरिकन भिषा हात परेथ्यो माया को  खुसि को सिमा थिएन् .चिने जाने सम्म का लाइ भोज खुवाएकी थिइन .अब त आफ्नो श्रीमान छिरिंग सित भेट हुने भयो भनेर .
अमेरिका पुगे पछी पो उनि जिउदै मरे सरह भईन छिरिंग ले अर्की केशांग सित घरबार बसाइ सकेका रहेछन .
जे जे भयो बिर्रसी देउ मात्र भनेनन भेट्न समेत इन्कार गरे .
यो प्रदेश मा माया ले सहारा खोजिन .आफ्नै समुदाय को तेन्जिंग ले प्रस्ताब राख्दा नाई भन्ने अबस्था माया को थिएँन् .ऐयासी स्वभाब का  तेन्जिंग र माया ले केहि बर्ष संगै बिताए .बिहे गर्ने बाचा गरेका तेन्जिंग ले आज भोलि आज भोलि गर्दै टार्दै थिए ,
एक दिन तेन्जिंग ले माया लाइ असैह्य झटका दियो .आफ्नो श्रीमती र बच्चा नेपाल बाट आइ पुगेका ले अब देखि म सित सम्पर्क न् गर्नु भन्दै अर्कै राज्य मा बसाइ सरि गए .बिबाह गर्न आलटाल गरेको कारण सोझी माया ले त्यस बेला मात्र थाहा पाइन्.
जब जब माया मिठो सपना देख्थिन हमेशा भात्किन्थ्यो मात्र .
माया ले अझै अमेरिका मा बस्ने अधिकार को कागज पत्र हात पर्न सकेकी थिइनन् .पछाडी खाल्डो अगाडी अन्धकार माया को गन्तब्य डामाडोल थियो .न् त उनि नेपाल न् त तिब्बत जान सक्थिन देश बिहिन बनेकी माया को लागि अमेरिका को बिकल्प थिएन.
मजबुरी सित सम्झौता नै उनको नियति बनि सकेको थियो .
भाग्यबस माया  को पिडा सुनेर एक जना सज्जन  नेपालि ले भिक्टर सित माया को भेट गराई दिएका हुन् .४ बर्ष अगाडी मात्र .
४० बर्ष पहिले  पिस्कोप्स मा काम गर्दा केहि बर्ष नेपाल मा बिताएका भिक्टर अझै टाक्कटुक्क नेपालि बोल्दथे पनि .सन्तान बिहिन भिक्टर ले  माया को पिडा सुनेर उनको जीवन मा सहायक पनि हुने भन्दै कानुनि प्रक्रिया को लागि लोग्ने बनि दिएका थिए .आफ्नो मृत्यु पस्चात सम्पति को एक मात्र हकदार पनि माया लाइ नै तोकी दिएका छन् .
जीवन को जोस उमंग सपना हरु निख्रिएको बेला जीवन को बाकीं दिन गन्दै बस्ने बहाना मिलेको छ माया लाइ .
माया अर्थात् माया दिदी ....
नेपालि हरुको प्रत्यक जमघट मा उपस्थित हुन्छिन .दील खोलेर चन्दा दिन्छिन सबै कि हाय हाय भएकी छिन माया ....
बिदेशी भुमि मा .......आफ्नो देश गुमाएर ........










क्रिस्टिना (कथा)

क्रिस्टिना बारबरा आज अति खुसि छिन .उनको आखा मा खुसि को आशु छ छल्कि राखेको छ .एकातिर ओठ को हासो पस्केर स्वागत , फुलमाला ,सम्मान ,प्रसंसा पत्र लिई राखेकी छिन अर्को तिर छ्छल्किएको आशु पनि पुछ्दै छिन .जीवन मा यस्तो दिन पनि आउछ ,यस्तो प्रेम ,सदभाब र अपनत्व देखाउने समाज र मानिस छन् यो संसार मा क्रिस्टिना ले सोचेकी पनि थिइनंन्.
निर्जिब मेशिन सरह को दैनिकी जीवन लाइ ४ दशक सम्म नियाली रहेकी क्रिस्टिना लाइ कता कता स्वर्ग मै अबतरण गरेको क्या हो ?जस्तो अनुभूति भै राखेको थियो .
यो अनुपम प्राकृतिक सौन्दर्यता , निश्चल पवित्र हावा ,निस्कपट मुस्कान का धनि वरिपरी का मायालु अनुहार हरु !!
क्रिस्टिना मन मनै यति गद  गद हुन्छिन यति गद गद हुन्छिन कि कि यी सुन्दर डाडा पाखा हरु मा उडु उडु लाग्छ उनलाई .
नाचौ नाचौ लाग्छ उनलाई ती गाउले कर्मठ इमान्दार हात हरु समातेर .
उनले पढेकी बुझेकी यो संसार मा दुइ जात छन् स्त्री र पुरुष .भेद भाब र चाल कपट को भाषा बाट अनभिज्ञ क्रिस्टिना बृद्ध बालक ,पुरुष महिला , के महिलो के सुकिलो ?सब लाइ अंकमाल गर्छिन . भाबपूर्ण माया प्रकट गर्दै कुम सुम्सुम्यौछिंन् . गाउले हरु आफ्नै चेली को यो देबी जस्तो रुप व्यवहार देखेर हर्षित हुन्छन गर्वित हुन्छन .
टुटे फुटे को नेपालि मा धन्यवाद आमा ... धन्यबाद दाइ ...धन्यवाद  ...   बा धन्यवाद . बहिनि भनि राखेकी छिन .सबै उनलाई भेट्न छुन लालायित भएर तछाड म छाड गरि राखेका छन् .
भर्खरै जिल्ला का प्रमुख नेता प्रशासक ,प्रहरी हरु पनि  उनि सित बिदा भएर गएका छन् .

क्रिस्टिना गाउमा आएकी केहि महिना मात्र भएको छ .उनको सहृदयता ले त्यो गाउ मात्र होइन जिल्ला कै मुहार फेरिदै थियो .
सोलार बत्ति , स्वास्थ चौकी ,, स्कुल निर्माण . घर घर मा शौचालय , गरिब असहाय को लागि सहयोग गरेर क्रिस्टिना त्यो गाउ को लागि देब दुत को अबतार  नै भएर आए कि हो कि जस्तो लाग्थ्यो .
क्रिस्टिना स्वयम एक बरिस्ठ नर्स थिइन . गाउले हरु को घर घर मा पुगेर स्वास्थ्य परिक्षण गर्नु औषधि दिनु त उनको दैनिक प्रमुख नै थियो .गाउ आएको छोटो समय मा नै क्रिस्टिना सबै को आखा कि नानि भएकी छिन .

खुईय सास फेर्दै क्रिस्टिना गुन्द्रीमा बसिन .
आमा ए आमा एक करुवा पानी दिन्छ्यौ ?
तिम्री आमा ढिडो ओराल्दै छिन . म लेराउ छु पानी छोरी !
सत्तरी नाघेका बल बहादुर ले पानि लेराइ दिए .
क्रिस्टिना ले बल बहादुर को हात समातेर आफु संगै राखिन . उनको कुम मा टाउको राखेर भन्छिन बा !! एउटा कुरो सोध्छु न् रिसाउनु होस् है ?
क्रिस्टिना को कपाल खेलाउदै बल बहादुर भन्छन यो डाडा पारि को जुन भै सकेको बुढा सित रिष नै कहा बाकी छ र उठोस छोरी ?रिष जती त  तिम्रो सम्झना मा बगेर उहिल्यै सक्किए .
माथि जाने प्रतीक्षा मा थियौ . तिमि ले झन ढिला गरिदिने भयौ .
त्यसो न् भन्नुस न् बा !! म तपाइँ हरु भनेर त आएको .तपाइँ हरु नै न् भए कहा जाउ फेरी ?
जिस्केको पो त छोरी !
ल भन के भन्न खोजेको तिमि ले ?
न् रिसौनुस है त?
रिसौदीन बाबा रिसौदीन ,तिमि सित रिसाएर नर्क जानु छ र मलाइ ? ल भन के भन्न खोजे कि ?
त्यति कै मा ढिडो मस्काएको हात पुछ्दै आमा पनि आएर सोध्छिन के को गलफती हो बाबु छोरी को ?
क्रिस्टिना आमा को हात समातेर अब  उनको कुम मा टाउको राख्दै सोध्छिन
बा ! आमा !!
तपाइँ हरु लाइ यो रगत टुक्रा लाइ परदेशी को हात मा सुम्पिदा कत्ति पनि माया लागेंन् ?
मेरो बाबा !! मेरो छोरी !!! यो मुटु घोच्ने प्रश्न न् सोध भन्दै बुढा बुढी क्रिस्टिना लाइ अँगालो हालेर रुन थाले .
उनि हरु को अरु  बाक्य नै फुटेन .
क्रिस्टिना ले आफै लाइ सम्हाल्दै बा !! आमा !! लाइ सम्झाउन खोजिन न् रुनुस भन्दै हुन् त क्रिस्टिना कै पनि आशु न् झरेको त कहा हो र ?
रुन देउ छोरी रुन देउ हामि लाइ बाकि रहेको पश्चाताप को आशु बग्न देउ .
हाम्रो अपराधको बोझ केहि हलुको गर्न देउ .
क्रिस्टिना को पनि आशु रोकिएको थिएँन् बरु उल्टै बा आमा को आशु पुछ्दै सम्झाउन खोजिन .मैले तपाइँ हरु लाइ दुखि बनाउन रुवाउँन् खोजेको होइन .
तपाइँ हरु लाइ मेरो कत्ति को याद आउथ्यो भनेर सोधेको पो त?
बल बहादुर सम्हालिदै क्रिस्टिना उनकी कान्छी छोरी  कल्याणी लाइ च्यापेर बितेका दिन का कथा सुनाउन थाल्छन .
के बताउ कसरि बताउ छोरी हाम्रा ती बिबशता का दिन ?
तिम्रा दुइ दाजु थिए भनौ कि  छन् भनौ  हर्क र बिर बहादुर दुवै जना कम्मर भन्दा मुनि न् चल्ने रोग बाट पिडित थिए .
दुइ दिदि हरु थिए  चमेली र फुल माया . तिन्लाई पनि त्यो बर्ष आएको हैजा को महामारी ले लिएर गयो . त्यस पछी तिमि जन्मियौ .तिम्रो नाम कल्याणी थियो .अहिले क्रिस्टिना भएकी छ्यौ .
दुइ अपांग छोरा हरु को हेर विचार गर्दै मा न् त ज्याला मजदुरी गर्न जान सक्यौ न् त अध्येमा पाखा बारी कमाएर खान सक्यौ .तिमि लाइ  पनि सुकेनास को रोग ले ग्रस्त पारेको  थियो .औषधि मुलो गर्न न् सकेर गाउ को झारपात को उपचार को  भर मा बस्नु परेको थियो .  यो पाखा बारी को उब्जनी ले बर्ष को तिन महिना पनि खान पुग्दैन थ्यो .

एक दिन तिम्रो मामा ले शहर बाट खबर लेराए भिनाजु एक जना पिसकोप्स  मा काम गर्ने अमेरिकन गोरा दम्पति छन् .उनि हरुले धर्म पुत्री बनाएर लैजान खोजेका छन् . कान्छी भान्जी लाइ पठाई दिने हो ?भन्न आए
न् मैले मानेको थिए न् त तिम्री आमा ले मानेकी थिइन .
मेरो रगत मेरो मुटु को टुक्रा लाइ कसरि टाढा राख्न सक्छौ ?दिदैनौ भनेर हप्काएर पठाएको केहि दिन पछी फेरी तिम्रो मामा ले ती गोरा समेत लिएर आइ सम्झाए .
तिमि ले त यो गरिबी यो नर्क जस्तो जीवन ब्योहरी रहेछौ .दुइ अपांग छोरा को उपचार गर्न न् सकेर जिउदै मारेका छौ .दुइ छोरी को पनि हैजा को उपचार गर्न न् सकेर मार्यौ . अब यस लाइ पनि खान दिन शिक्षा दिन सक्दैनौ उसको जीवन सुखी हुन्छ भने किन जिम्मा  दिदैनौ ?भन्न थाले .
गोरा  ले कान्छी उनि हरु लाइ दियौ भने दुवै भान्जा लाइ शहर मा लगेर उपचार गरि दिन्छु भनेका छन् .तिमि लाइ पनि महिनै पिच्छे खर्च पठाई दिन्छन .
कान्छी को भबिस्य बन्छ . उसको भाग्य माथि किन खेलबाड गर्छौँ?
हामी लाइ तिम्रो मामा को कुरो ठिक जस्तो लाग्यो .
संगै तलाई राखेर खान लाउन दिन न् सकेर , उपचार गर्न न् सकेर ,पढाउन न् सकेर नर्क जस्तो जीवन दिनु भन्दा गोरा को ठुलो देश मा गएर ठुलो मान्छे बन्लिस . हामीले दुख पाए पनि तैले सुख पाउलिस . हामीले तिमि लाई माया न् गरेर होइन धेरै माया गरेर .तिम्रो सुखी भबिस्य को लागि हामीले आफै लाइ अपराधी बनाएका थियौ र परदेशी गोरा लाइ सुम्पेका थियौ .
हामि लाइ माफ गरि देउ छोरी माफ गरि देउ हाम्रो भुल भयो .
बाबु आमा को बिलौना सुनी सके पछी सुक्क सुक्क गर्दै क्रिस्टिना सोध्छिन अनि दाइ हरु नि बा !!
उनि हरु को पनि लामो कहानी छ छोरी !!
तिमि लाइ लगेको केहि महिना पछी दुवै दाइ लाइ उपचार गरि दिने भनि कता को मिशन अस्पताल लागेका थिए तिम्रो मामा ले .उपचार पछी ठिक पनि भए छन् .
खोइ कता को को इशु को कृपा ले ठिक भएको रे !इशु माथि विश्वास गर तिम्रो बाबु आमा को धर्म ले त गरिबी र बिमारी मात्र दिन्छ भने रे . दुवै ले हाम्रो धर्म सस्कृति त्यागि दियौ भन्छन .चाड पर्ब मा कहिले पनि आउदैनन .हामि मर्दा पनि क्रिया बस्न उनि हरु को धर्म ले दिनन्  रे खोइ मर्दा पनि मुख मा पानि हाल्न आउछन कि आउदैनन ?
हर्के त खोइ कुन देश मा पो छ रे ?बिर बर्ष मा एकाध चोटी आउछ दुइ चार हज्जार खर्च दिन्छ जान्छ .शहर मै घर बार  जोडेको छु भन्छ . नाति नातिनी को मुख हेर्ने रहर थियो लीएर आइजो न् छोरा भन्छु गाउ मा लेराएर के गर्नु बिमारी पर्छन भन्छ लेराएको छैन .
बल बहादुर का आखा अझै टिलपिल गरि नै रहेका छन् .
बुढी आमा एउटा हात छोरी को टाउको मा र अर्को हात आफ्नै गाला मा राखी टोलाएर बाबु छोरी को दुखेसो सुनी राखेकी हुन्छिन .
दाइ हरु को ठेगाना फोन नम्बर छ बा !!
छैन बा छैन केहि छोडेका छैनन् .सुस्केरा हाल्दै बल बहादुर जवाफ दिन्छन .
क्रिस्टिना बारबरा अर्थात् कल्याणी ( कान्छी ) ३ बर्ष को कलिलो उमेर मा धर्म पुत्री बनि अमेरिका आएकी थिइन .कान्छी !! बाबु आमा ले माया ले बोलाउने नाम उनको मानस पटल बाट उडी सकेको थियो भने गाउ र देश को नाम त टाढा हुने नै भयो .
अमेरिका को एक धनाढ्य क्रिस्चियन परिवार मा क्रिस्टिना नाम ले परिचित भईन .उनको संसार बाबु आमा कर्म थलो अमेरिका नै भयो .उनको बर्ण अनि कपाल को रंग ले गर्दा क्रिस्टिना का बाबु आमा लाइ कहिले काही कोइ कोइ कति सुन्दर छोरी कुन् देश कि हुन् ?भनेर सोद्ध्थे.
क्रिस्टिना सोच्दथींनं कहा होला नेपाल भन्ने देश ? कस्ता होलान मलाइ जन्माएर अर्का को जिम्मा पठाउने निर्दयी बाबु आमा ?
जिउदा छन् कि मरी सके होलान ?
क्रिस्टिना अफ्नो धर्म बाबु आमा लाइ सोधी खोजि  गरेर दुखि बनाउन चाहदैन थी.उ अन्जान बनेर बस्नु नै उचित ठान्दथी .
आखिर उसको संसार त अब यहि नै हो .
क्रिस्टिना को सिल स्वभाब अनि आमा बाबु प्रति को लगाब ले उनि हरु हर्षित थिए .साथी इस्ट मित्र हरु जमघट हुदा क्रिस्टिना को खुबै प्रससा गर्दथे .क्रिस्टिना को जीवन शुखमय थियो .
एक दिन अचानक क्रिस्टिना को जिन्दगी मा भूकम्प आयो .उ आफ्ना बाबु आमा को लागि साझ को खाना तयार गर्दै थिइन . स्थानीय अस्पताल बाट फोन आयो . एउटा बिभत्स दुर्घटना मा दुवै को घटना स्थल मा नै मृत्यु भयो भनेर खबर गर्यो ट्राफिक प्रहरी ले .अन्तिम सनाखत को लागि अस्पताल मा बोलाएको रहेछ .
क्रिस्टिना अब एक्ली भईन .धर्म बाबु आमा ले मृत्यु पस्चात आफ्नो सम्पति को हकदार क्रिस्टिना लाइ नै तोकेका थिए .
क्रिस्टिना ले ती सबै प्रक्रिया पनि पुरा गराइन .अहिले सम्म अबिबाहित क्रिस्टिना लाइ एक्लोपन महसुस हुन् थाल्यो .बाबु आमा लाइ छाड्न न् परोस भनेर नै उनले बिबाह न् गरि बसेकी हुन् .
घर सफा गर्दै थिइन क्रिस्टिना .बुढा बुढी को पुरानो आलमारी मा एउटा श्याम स्वेत फोटो देखिन . त्यो फोटो मा एउटा सानी मान्छे उनि नै हुनु पर्छ भनि अनुमान गरिन उनलाई काख मा राख्ने उनकी जन्म दिने आमा भन्दा अरु को हुन् सक्ला ?उनले आफ्नो धर्म बाबु आमा को विवरण दिएर नेपाल को एम्बेसी मा बुझिन त्यहि बाट पत्ता लगाएकी थिइन क्रिस्टिना ले जन्म दिने बाबु आमा र जन्मेको घर ठेगाना .
अब यो परदेश मा क्रिस्टिना को आफ्नो भन्ने कोइ छैन .
धर्म बाबु आमा मरे पछी एक्लो बनेकी क्रिस्टिना को मन मा कुरा खेल्न थाल्यो कस्तो होला मेरो जन्म थलो ?कस्ता होलान मलाइ जन्म दिने आमा बाबु ?किन बुझाए मलाई परदेशी को हात मा ?के उनि हरु लाइ मेरो याद आउदैन होला ?उनि हरु मलाई माया होइन घृणा गर्छन ?म छोरी भए कै कारण ले बेचेका हुन् ?किन बेच्छन आफ्ना सन्तान आमा बाबु ?के यो अपराध हो भन्ने उनि  हरु लाइ थाहा छैन ?यो मानब अधिकार बिरुद्ध होइन ?बाध्यता को बहाना मा सन्तान बेच्ने ?यति सस्तो आज संसार मा मानिस को मूल्य ?यस्ता अनेक कुरो क्रिस्टिना को मन मा उब्जिन्छ .के हो कुरो बुझ्न  उनले नेपाल जाने निधो गरेकी थिइन .

गाउ घर पुगे पछी क्रिस्टिना लाइ अनुभब भयो . उसको जन्म दिने आमा को ममता , जन्म भुमि को पवित्रता सुन्दरता .
क्रिस्टिना  गाउ घर वाल्लाघर , पल्ला घर ढिकी जातो , पाखा बारी  मा रमाउंन थालिन .उनि हरु को माया ममता ले मुग्ध बनायो क्रिस्टिना लाइ .
यो पो हो संसार . यहा पो छ मानब बस्ति !!!!!
अमेरिका को सम्पूर्ण सम्पति बेचेर सदा को लागि जन्म भुमि र माता पिता को सेवा गर्छु भनि क्रिस्टिना कान्छी बनेर फर्केकी छिन .
अब अर्को कसैले आफ्नो मुटु को टुक्रा लाइ परदेशी को हात मा सुम्पनु न् परोस !
अब अर्को कान्छी ले धर्म पुत्री बनेर विदेश मा बेचिनु न् परोस !!भनेर अफ्नो सम्पूर्ण सम्पति गाउका निमुखा जनता को शिक्षा ,, स्वास्थ्य ,रोजगार मुलक कार्यमा लगानी गरेको थिइन .
क्रिस्टिना आज त्यो बिकट जिल्ला कै दिदि, आमा, शिक्षिका , स्वास्थ्यकर्मी अनि समाज सेवी भएकी छिन .आज त्यसै को प्रतिफल थियो जिल्ला भरि का जनता ,सरकारी कार्यालय प्रमुख हरु को तर्फ बाट अभिनन्दन गर्न देश का कार्यकारी प्रमुख स्वयम आएका थिए .
क्रिस्टिना गाउ कि कान्छी आज खुस छे आफ्नो गाउ आफ्नो जन्म दिने आमा बाबु पाएर .

आमा ले बिन्ति गर्दै भनिन् कान्छी अब तिमि न् फर्के हुन्न ?यहि गाउमा बस न् बा !!
म जान्न आमा अब म यहि बस्छु .
अर्को कान्छी अब जन्म दिने आमा बाबु को काख बाट छुट्याउन दिन्न .
अर्को कान्छी लाइ नक्कली बाबु आमा को पर्दा मा सक्कली आमा बाबु को माया बाट बन्चित हुन् दिन्न .
म कान्छी लाइ कान्छी नै बनेर मादल को ताल मा नचाउन चाहन्छु डिस्को बार को नग्नता मा होइन .
धन्य आमा धन्य बाबा मलाइ यस्तो भाग्य दिएर जन्म दियौ .
म आभारी छु तपाइँ हरु प्रति
क्रिस्टिना बाबु आमा लाइ सम्झाउ छिन .